सिमरा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका जिफन्ट कार्यालयको हलमा नेकपा एमालेको जन संगठन भूमि अधिकार तथा श्रमिक संगठन नेपाल जीतपुरसिमरा नगर कमिटीको भेला सम्पन्न भएको छ । भेलाबाट शिव अधिकारि नगर कमिटी अध्यक्षमा चयन भएका छन् ।
नेकपा एमाले केन्द्रिय सदस्य एवम केन्द्रिय ग्रासरुट प्रतिनिधि अरबिन्द सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा नेकपा एमाले मदेश प्रदेश सदस्य किशोर शर्मा, भूमि अधिकार तथा श्रमिक संगठन नेपाल केन्द्रीय सचिब रमेश सापकोटा,नेकपा एमाले जिल्ला कमिटी सचिबालय सदस्य अमृतलाल श्रेष्ठ , नगरकमिटी सचिब रत्न उप्रेती , नगर कमिटी उपसचिब एवम जनसंगठन समन्वय सम्यन्त्रको प्रमुख त्रिलोक बिक्रम शाह ,भूमी अधिकार तथा श्रमिक संगठन नेपाल केन्द्रीय सदस्य पवित्रा माया कार्की, भूमी अधिकार तथा श्रमिक संगठन नेपाल जिल्ला अध्यक्ष बिनोद बस्नेत , अखिल नेपाल किसान संघ जिल्ला अध्यक्ष आत्माराम भट्टराई लगायत उपस्थीत थिए ।
भेलाले दुई उपाध्यक्षमा मेनुका शाही र विश्वनाथ महतो, सचिब भरत प्रसाद अधिकारि ,कोषाध्यक्षमा योगिता घिमिरे ,सदस्यमा कुमार जिम्बा , बुद्धिमाया लामा , कृष्ण राम , सिया सोनार , खैतुन नेशा , मुना दास , बिल्टी देवी राम लगायत चयन गरेको छ। थप सदस्य अर्को बैठकमा थप्ने गरी हाल १५ सदस्यिय कमिटी चयन गरेको नव निर्वाचित अध्यक्ष अधिकारिले जानकारी दिएका छन।