निरज रानाभाट, काठमाडौं । दीपक नेपालको नेतृत्वमा वाग्मती प्रदेश मिटर ट्याक्सी सेवा समाजको दर्ता भएको छ । उपत्यकामा संचालित समस्त स्वरोजगार ट्याक्सी व्यावसायि तथा मजदुर चालकहरुको हकहित र अधिकार सुनिस्चित गर्न
केन्द्रीय अध्यक्षमा दीपक नेपाल, वरिष्ठ सल्लाहकार तथा कानुनी सल्लाहकारमा टोप बहादुर खत्री, वरिष्ठ उपाध्यक्षमा बाबुकाजी श्रेष्ठ, महा – सचिवमा राजन कुमार श्रेष्ठ र सचिवमा शिव प्रसाद धरेल सहित २१ सदस्यीय पदाधिकारी रहनेगरी सम्पुर्ण ट्याक्सी व्यावसायि तथा चालक मजदुरहरुको हकहित र अधिकारको लागि दर्ता भएर आएको छ ।
उक्त संस्थाले आफ्ना भावी कार्य योजनाहरु यसरी सम्बन्धित सबैमा जानकारी गराएको छ ;
वर्तमान परिप्रेक्षमा ट्याक्सी पेशा माथि राज्यबाट भैरहेको नितिगत दमन, ट्राफिक प्रहरी लगायत अन्य जनमानसहरुले ट्याक्सी पेशालाई हेर्ने दृष्टिकोणमा परिवर्तन गराउँदै ट्याक्सी व्यवसायी तथा स्वोरोजगार चालक मजदुरहरुको हकहित र अधिकारको लागि सम्बन्धित निकायमा आफ्ना जायज माग मुद्दा बोकेर यथोचित सम्बोधन गराउने र सम्पुर्ण ट्याक्सी व्यवसायीहरूकाे एक सारथी बन्ने हेतुले स्थापना भएको वाग्मती प्रदेश मिटर ट्याक्सी सेवा समाजमा तपाईं सम्पुर्ण पेशाकर्मी व्यावसायी तथा स्वोरोजगार चालक मजदुर साथीहरुलाई हार्दिक स्वागत गर्दछौं ।
यस संस्थामा किन आवद्ध हुने ?
हाल सट्टाभर्नाको लागि म्याद पुगेका र म्याद पुग्न लागेका राज्यलाई कर तिरिरहेका २००३ / २००४ मोडलका ट्याक्सीहरुलाई वाग्मती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयबाट एउटा मात्रै कम्पनी लाभान्वित हुनेगरी महँगो ट्याक्सी स्वोरोजगार चालक मजदुर हरुलाई लिन वाध्य पार्नेगरी ३५ दिने सूचना जारी गरिएको विषयमा विरोध गर्दै सो निति खारेजी गराउन र बजार प्रतिस्पर्धा अनुसार सबै कम्पनीका सबै किसिमका ट्याक्सी लिन पाउनुपर्ने व्यवस्था मिलाउनका लागि पहल गर्न ।
निजी सवारीले भाडाको काम गरिरहेको कार्य रोक्नका लागि पहल गर्न ।
ग्यास टेम्पो र निलो माईक्रोको सट्टामा ट्याक्सी दिने निर्णय खारेज गराउन पहल गर्न ।
आवश्यकता अनुसार ट्याक्सी स्ट्यान्डको माग गर्न ।
फ्लोरेन्स ज्याकेटलाई विस्थापित गरी स्तरीय परिचयपत्रमा रुपान्तरण गर्न ।
वास्तविक स्वरोजगार मजदुर चालकहरुको लगानी सुरक्षित गर्न ।
ट्याक्सी पेशा व्यवसायलाई मर्यादित बनाई आफ्ना हकहित र अधिकारहरु सुनिश्चित गर्न ।
समय सापेक्ष मिटर जडित ट्याक्सीको भाडा समायोजन गराउन पहल गर्न ।
अहिले विश्वले नै प्रविधिमा फड्को मारिरहेको कुरा यहाँहरुमा सर्वविधितै छ । यसबाट हामीहरूपनि टाढा रहन सक्दैनौं त्यसैले मिटर जडित ट्याक्सीमा राखिएका मिटरको ईतिहास जिवित राख्दै, मिटरमा आउने भाडादर र एप्लिकेसनमा आउने भाडादरमा एकरुपता हुनेगरी सरकारी निकायबाट तोकिनुपर्ने र सरकारी निकायबाट नियमन हुनेगरी स्वदेशी एप्लिकेसन कम्पनी प्रा.लि. हरुलाई प्रतिस्पर्धा गराई आवस्यकता अनुसारका कम्पनीहरुमा जोडिने गरी मिटर जडित ट्याक्सीहरुलाई प्रविधि मैत्री बनाई आमनागरिकहरुलाई सेवा सुचारु गर्ने व्यवस्था मिलाउन पहल गर्न ।