निराज रानाभाट,
काठमाडौं : नवौं संस्करणकाे मार्पाक प्रिमियर लिग ( एमपिएल ) फुटसल प्रतियाेगिता भाेलि ( शनिबार ) राजधानी काठमाडौंको भत्केपुलस्थित फ्रेन्डस स्टारमा हुने भएकाे छ । धादिङ जिल्लाकाे साबिक मार्पाक गा. वि. स. का खेलाडीहरुकाे सहभागितामा संचालन हुने फुटसल प्रतियाेगितामा जम्मा ८ देखि १० टिम हुने अनुमान गरिएकाे छ । नेत्रावती डबजाेङ्ग गाउपालिकाका युवा समाजसेवी राजाराम रिजालले मुख्य प्रायाेजन गरेको यस एमपिएलकाे नवाैं संस्करणमा पनि प्रथम, िद्वतिय र तृतिय हुने टिमलाई नगद पुरस्कारकाे व्यवस्था गरिएकाे छ, भने विजेता टिमले एउटा ट्रफी पाउने छ साथै विजेता टिमका हरेक खेलाडी, काेच र म्यानेजरलाई मेडल र प्रमाण – पत्र समेत प्रदान गरिने छ ।
त्यसैगरी, प्रतियाेगिताकाे उत्कृष्ठ गाेलकिपर, फरवार्ड र डिफेन्सलाई समेत आकर्षक गिफ्टकाे व्यवस्था गरिएकाे प्रतियाेगिताका मुख्य संयाेजक फणिन्द्र गुरुङ्गले जानकारी दिए । प्रतियाेगिताकाे आयाेजकमा मार्पाक भेट्रान्स फुटसल टिम रहेकाे छ, भने सह – आयाेजक मार्पाक सामुदायिक क्लब ( सिसिएम ) रहेकाे छ । यसैगरी, मिडिया पार्टनरमा जन अपडेट डटकम, धादिङ पाेष्ट र धादिङ संचार रहनुकाे साथै रेडियाे पार्टनरमा निलकण्ठ एफ.एम. रहेकाे आयाेजकले जनाएकाे छ ।