सिमरा । जीतपुरसिमरा उपमहानगरपालिकाको नगर कार्यपालिका सदस्य रामपती देवी थरुनीको शुक्रवार निधन भएको छ । पेटमा अचानक समस्या भएपछि उपचारका लागि अस्पताल लैजाने क्रममा करिब ५५ वर्षीया चौधरीको निधन भएको हो । वडा क्षेत्रभित्र निर्माण हुन लागेको ढलान सडक शिलान्यास कार्यक्रममा सहभागी भएर फर्कने क्रममा उनि अस्वस्थ हुन पुगेकी थिईन् । अचानक पेट पोल्न थालेपछि चौधरीले स्थानीयको घरमा पानी मागेर पिई आफूलाई अस्पताल लगिदिन आग्रह पश्चात जितपुरसिमरा १४ स्थित रजघट्टाबाट सिमरा अल्पाइन अस्पताल ल्याउने क्रममा बाटोमा उनको निधन हुन पुगेको हो । अपस्ताल ल्याएलगत्तै चिकित्सकले चौधरीलाई मृत घोषणा गरेका थिए ।

केही दिनदेखि पेट दुखेको बताउदै आएकी चौधरीको निधनको कारण खुल्न सकेको छैन् । चिकित्सकले एपेडिक्सका कारण निधन भएको हुनसक्ने आशंका गरेका छन् ।

चौधरी जीतपुरसिमरा १४ बाट निर्वाचित वडासदस्य हुन् । २०७९ बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचमा उनि नेकपा एमालेबाट वडासदस्यमा निर्वाचित भएकी थिईन् । वडासदस्य चौधरीलाई एमालेले कार्यपालिका सदस्य बनाएको थियो । चौधरीको श्रीमान्, दुई छोरा र एक छोरी छन् ।

चौधरीको निधन प्रती, जितपुर सिमरा नगर प्रमुख, उप प्रमुख नेकपा एमालेका सदस्यहरुले दुख व्यक्त गरेका छन्  ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय