साइकल नै जीवनको प्रमुख सपना बोकी समाजमा हिडिरहेको एक सफल उदाहरणीय नाम हो रामेश्वर बास्कोटा । वि.स. २०४२ भाद्र १९ गते पाचथर जिल्लाको रानी गाउँमा माता चन्द्रकला बास्कोटा र पिता धनपती बास्कोटाको जेष्ठ सुपुत्रका रुपमा जन्मेका थिए । नरम र सहयोगी स्वभावमा हुर्किएका बास्कोटा सानै उमेरबाट नै साइकल प्रती निकै रुचि राख्ने गर्दथे । साधारण साइकलबाट नै साइकल प्रती रुचि राखेका उनी अहिले साइकल यात्रीका लागि प्रेरणाको श्रोत सम्म बन्न सफल भएका छन् ।
आफु साइकल चालन सगै साथीलाई समेत सिकाउने क्रममा धेरै पटक लड्दै चोटपटक खादै उनले आफ्नो साइकल यात्राको सुरुवात गरेका थिए । सानैबाट साइकल प्रती रुचि राख्ने उनको सपना भन्ने साइकल यात्री बन्ने थिएन , आफ्नो पढाईलाई पूरा गरि समाज सेवालाई अगाडि बढाउने सपना बोकी अगाडि बढिरहेका उनीलाई करिव १३ वर्ष अगाडि कोल्डस्टोल, प्रेसर लगायतका समस्याले ग्रसित भए पश्चात् उनी अस्पतालमा उपचारका लागि जादा चिकित्सकले साइकलद्वारा कसरत गरे केही आराम मिल्ने सुझाव दिए पश्चात् उनको सपना बनेको थियोे साइकल यात्री बन्ने ।
वि.स. २०५१ सालमा बारा जिल्लाको सिमरा स्कुलबाट शैक्षिक यात्रा प्रारम्भ गरेका उनले कक्षा ८ सम्म अध्यक्ष पश्चात् झापा जिल्लामा रहेको भगवती माध्यमिक विद्यालयबाट एस.एल.सी परीक्षा उतीर्ण गरेका थिए । एस.एल.सी उतीर्ण लगतै उनी पुर्न बारा जिल्लामा रहेको सिमरा क्याम्पसवाट आफ्नो पढाईलाई निरन्तरता दिएका थिए । साइकल यात्रा मात्रै नभई जागिर, र साइकल व्यवसायलाई पनि सक्रियता साथ अगाडि बढाउन सफल भएका छन् रामेश्वर बास्कोटा, उनले आफु मात्र नभएर आफु जस्तै सयौ साइकल यात्रा गर्ने यात्री उत्पादन गर्न सफल भएका छन् । आफ्नै ठाउँमा साइकल नै स्वास्थ्य भन्ने उदेश्य बोकी हिडी बास्कोटाले स रसुवा, पर्सा,पाल्पा लगायतको स्थानहरूमा साइकलद्वारा भ्रमण पनि गरेका थिए । यात्रा मात्र नभएर उनीले नेपालको धेरै स्थानहरूमा आफुद्वारा उत्पादित साइकल यात्रीहरुलाई सहभागी गराउन समेत सफल रहेका छन्। बिहान बेलुकाको हिडाई बिना पैसाको दबाई भन्ने मुख्य उदेश्य लिएका बस्कोटासग सयौ यात्री जोडिएका छन् । साईकल यात्रा मात्र होइन अन्य साइकल यात्रीलाई हौसलाको श्रोत बन्न समेत सफल रहेका छन् ।