सुशान्त राज,

एक मात्र दक्षीण एसियाली राष्ट्र नेपालले मंगलवारबाट अर्को वर्ष सन २०२४मा उज्बेकिस्तानमा हुने यु-२० महिला एसियन कप छनोटको दोस्रो तथा अन्तिम चरण खेल्दैछ ।

पहिलो छ्नोट चरण पार गर्दै दोस्रो तथा अन्तिम चरण सम्म आइपुगेको नेपाली यु-२० महिला टोलि अब एसियन कपबाट केबल एक कदम मात्रै टाढा छ ।

पहिलो छनोट चरणमा अपराजित रहदै समूह बिको बिजेताका रुपमा दोस्रो चरण आइपुगेको नेपाली टोलिले बलिया प्लालेस्टाइन र नर्थन मेरियाना आइलेण्डलाई समान ६-०ले पराजित गर्यो । नेपाली टोलिको बलियो पक्ष के छ भने छनोटमा उसले एक गोल पनि कन्सिड गरेन।

नेपाल सङै समूह बिमा रहेका म्यानमार, चिन र चाईनिज टाइपेई पनि पहिलो छनोट चरणमा समूह बिजेता रहिसकेका बलिया टोलिहरु हुन। दुई शिर्ष टोलि सोझै सन उज्बेकिस्तानमा हुने २०२४ यु-२० महिला एसियन कपमा छ्नोट हुने हुदा समुहका कुनै पनि टोलि अन्क गुमाउन चाहदैनन।

यु-२० महिला एसियन कपमा छनोट हुने नेपालको सम्भावनालाई हेर्ने हो भने चिनको सबैभन्दा ठूलो डर रहनेछ किन कि छनोट प्रतियोगितामा एक गोल पनि नखाने नेपाल र अष्ट्रेलिया सहित ३ राष्ट्र मध्यको एक राष्ट्र हो चिन ।

पहिलो छनोट चरण ताका फिलिपिस्न र हङ्कङलाई समान ६-० र लाओसलाई ८-०को भारी गोलन्तरले पराजित गर्दै दोस्रो छनोट चरण सम्म आईपुगेको चिन प्रतियोगितामा सर्वाधिक २० गोल लगाउने टोलि हो । यसर्थमा पनि नेपालि यु-२० महिला टोलिका मुख्य प्रशिक्षक यम गुरुङ चीनसङ भन्दा पनि अन्य दुई टोलि म्यानमार र चाईनिज टाइपे बिरुदद्द राम्रो नतिजाका लागीनै आफुहरुले विशेष रणनिती बनाएको बताउछन ।

यस्तै इन्जुरिका कारण कप्तान तथा फर्वार्ड पृती राईको अनुपस्थितिमा नेपालि यु-२० महिला टोलिको कमान्ड समालिरहेकी मिडफिल्डर दिपा साही प्रतियोगितालाई लिएर आफुहरु पोसिटिभ रहेको बताउछिन् ।

नेपाल सरह एउटै खेल नहारेको मेयानमार र चाईनिज टाइपे लनि पनि आआफ्नो समूह बिजेताका रुपमा दोस्रो चरण सम्म आईपुगेका टोलिहरु हुन । दोस्रो छनोट प्रतितियोगिता अन्तर्गत नेपाल चीन, चाइनिज टाइपे र म्यानमार सम्मिलित समूह बिका सम्पुर्ण खेलहरु म्यानमारमारमा आयोजना हुदैछन। नेपालले जुन ६ तारिखमा घरेलु टोलि म्यानमासङ प्रतिस्पर्धा गर्दै छनोटको सुरुवात गर्नेछ। यस्तै छनोटको दोस्रो खेल जुन ८मा चिन संग खेल्दा नेपालले समुहको अन्तिम खेल भने जुन १०मा चाइनिज टाइपेइ बिरुद्द खेल्नेछ ।

३ मध्य दुई खेलमा जित निकाल्न सफल हुन्छ भने नेपालले आगामी वर्ष उज्बेकिस्तानमा हुने यु-२० महिला एसियन कपको टिकट काट्नेछ ।

ईतिहास रच्नबाट केबल एक कदम मात्रै पर रहेका हाम्री यु*२० चेलिहरुलाई प्रतियोगितामा उत्कृष्ट प्रदर्शनका निमित्त हामी सबैको अगृम सुभकामना । यहाँहरु पनि चेलिहरुका लागि तल कमेन्ट बक्समा आफ्नो सुभकामना सन्देश छाड्नुहोला ।

यस्तो छ यु-२० महिला एसियन कप दोस्रो छनोट चरण खेल्ने नेपालको २३ सदस्यीय टोलि:

गोलरक्षकहरु:
गोलकिपर : कविता विक, लिला जोशी, सावित्री किसान

डिफेन्डरः सबिना चौधरी, तुलसा बोहरा, सुनिता भुलान, सिमरन राई, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी,सजनी थोकर, कुमारी तामाङ

मिडफिल्डरः सरस्वती हमाल, मनमाया दमाई, सुनकला राई, दीपा शाही, हिमा रावत, सुस्मा जीटी, सारा बज्राचार्य, अञ्जली मचामासी

फरवार्डः गरिमा राई, अमिषा कार्की, ममता पुन, सन्दिपा भोलान

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय