काठमाण्डौ, नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमका पुर्व कप्तान तथा लेगस्पिनर सन्दिप लामिछाने र टोलिका भर्पर्दा अलराउण्डर दिपेन्द्र सिंह एरिले क्यानडामा हुने तेस्रो संस्करणको ग्लोबल टी-२० लिग खेल्ने भएका छन् ।

आउने जुलाइ २० देखि सुरु हुने फ्रेन्चाइज प्रतियोगिताका लागि मंगलबार राति भएको ड्राफ्टमार्फत सन्दीपलाई सुर्रे जाग्वार्स र दीपेन्द्रलाइ मोन्टरियल टाइगर्सले मार्की खेलाडीका रुपमा अनुबन्ध गरेको हो ।

लेगस्पिनर सन्दीप लामिछनेले यस अघिका दुवै सिजनको ग्लोबल टी-ट्वान्टी लिग खेलिसकेका छन् । पहिलो सिजन मोन्टेरियल टाईगरमा रहेका सन्दीप दोस्रो सिजन टोरन्टोबाट खेलेका थिए । 

यता विदेशी फ्रेन्चाईज लिग खेल्ने छौठौ नेपाली खेलडी बानेका दीपेन्द्रको यो पहिलो नेपाल बाहिर लिग रहनेछ ।  यस अघि नेपालबाट सन्दीप लामिछाने, सोमपाल कामी, पारस खड्का, कुशल मल्ल र करण केसीले विभिन्न विदेशी लिगमा आफ्नो सहभागीता जनाईसकेका छन् ।

सन्दीप आवद्ध सुरे जागवर्शसमा इङ्ल्यन्डका एलेक्स हेल्स, वङ्लादेशका लिटोन दास, युएइका युवा सुपरस्टार आयान अफ्जल खानलगायतका खेलाडीहरु रहेका छन् । यता दीपेन्द्र आवद्ध मोन्टरियलमा बंगलादेशका सुपरस्टार सकिव अल हसन, वेष्ट इण्डिजमा आन्द्रे रसेल, यूएईका कप्तान मोहम्मद वासिमलगायतका खेलाडीहरु रहेका छन् ।

सन् २०१८देखि सुरु भएको ग्लोबल टी-२० लिग सन् २०१९ मा दोस्रो संस्करण आयोजना भएयता सन्चालन हुन सकेको थिएन । यसपटक झन्डै ४ वर्ष पछि पुन प्रतियोगिता सुचारु हुन लागेको हो । कुल ६ टोलि सहभागी यस पटकको लिग आगामी जुलाइ २० अर्थात श्रावण ४बाट सुरु हुनेछ ।

हाल विश्वकप कृकेट ग्लोबल क्वालिफाएरसका लागि जिम्बाबेमा रहेका सन्दिप र दिपेन्द्र छनोटका खेलहरु सकिए लगत्तै जुलाईको पहिलो साता क्यानाडा प्रस्थान गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय