नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियु जीतपुरसिमरा उपमहानगर कमिटीले त्रिविका उपप्रध्यापक प्रेम चलाउनेलाई सांघातिक हमला गर्ने नेपाल विद्यार्थी संघका नेता कार्यकर्ताहरुको मुद्दा फिर्ता लिने निर्णयको विरोध गरेको छ ।
अध्यक्ष इस्वर बस्नेतले सार्वजनिक गरेको अपीलअनुसार अनेरास्ववियु जितपुरसिमरा उपमनपा कमिटी ले प्रेम चलाउने को आन्दोलन प्रति एक्येबद्धता प्रकट गर्दै सरकारलाइ मुद्धा फिर्ता लीने निर्णय तुरुन्त सच्चयाउन अपिल गरेको छ ।
अनेरास्ववियु का प्रचार बिभाग उपप्रमुख मनिष प्याकुरेल ले यस सरकार आफ्ना गुन्डा कार्यकर्ता र अपराधि लाइ जोगाउन अधत्त रहेको बताएका छन ।
ADVERTISEMENT