शुसान्त राज,

काठमाडौ । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलिले साफ चेम्पियनशिपको आफ्नो दोस्रो खेलमा सनिबार आयोजक भारतको सामना गर्दैछ ।

वुधबार बलियो आमन्त्रित राष्ट्र कुवेत बिरुद्द ३-१को हार सहित प्रतियोगिततामा खराब सुरुवात गरेको साबिक उपबिजेता नेपालले अब सनिबार जित्नै पर्ने खेलका बिच प्रतियोगिताकै सफल टोलि भारतको सामना गर्न आटेको हो ।

समूह ए अन्तर्गतको आफ्नो पहिलो खेलमा पाकिस्तानबिरुद्द ४-०को जित निकालेको भारत ३ अन्क सहित अन्कतालिकाको पहिलो स्थानमा छ । यस्तै पहिलो पटक साफमा सहभागी राष्ट्र कुवेत पनि समान ३ अन्क सहित गोल differenceका कारण तालिकाको दोस्रो स्थानमा छ । यता पहिलो खेलमा पराजित नेपाल र पाकोस्तान भने शून्य अन्क सहित क्रमश दोस्रो र तेस्रो स्थानमा छन् ।

समुहका दुई शिर्ष टोलिहरु मात्रै अर्को चरण अर्थात सोझै सेमिफाइनल प्रवेस गर्ने हुदा बुधबार भारत बिरुद्द नेपाललाई जित बाहेकको बिकल्प छैन । यद्यपि खेल बराबरी भएता पनि नेपालले अन्तिम खेलमा पाकिस्तानलाई भारी गोलन्तरले पराजित गर्नुपर्ने हुन्छ भने भारतले कुवेत बिरुद्द ठुलै हार ब्यहोर्न पर्ने हुन्छ ।

यसर्थमा पनि भारत बिरुद्दको खेल हार्छ भने अघिल्लो शंस्करणको साफ उपबिजेता नेपाल यो पटक समूह चरणबाटै घर फरकिनेछ ।

आजको यस भिडियोमा हामी नेपाली टोलिले गर या मरको खेलमा भारत बिरुद्द कस्तो प्रद्रशन गर्ला त्यसबारे विशेष चर्चा गर्नेछौं । त्यस अघि चेनलमा नयाँ हुनुहुन्छ भने कृपया सब्सक्राइब गर्नुहोला साथै भिडियो मन परे लाईक शेयर र सब्स्क्राइब गर्न भने नभुल्नु होला ।

फिफा बरियतामा १७४औ स्थानको नेपाल र १०२ स्थानको भारतबिच बुधबार २४औ भेट रहनेछ ।अचम्मको कुरा त के छ भने आफ्न फुटबल इतिहासमै नेपाल भारतलाई केबल दुई पटक मात्रै हराउन सफल भएको छ।

२३ खेल खेलिसक्दा १६ जित सहित भारतले नेपाल बिरुद्द केबल ५ खेलमात्र बराबरी खेलेको छ । यसरी नेपाली टोलि बिरुद्द भारतको डोमिनेटिङ फुटबल वर्षौ देखि चलिनै आइरहेको छ । साफ र साग गेममै मात्र नेपाल र भारत १५ पटक एक अर्का बिच आमने सामने भैसकेका छन् ।

सन १९९३ डिसेम्बर २२मा भारतिए फुटबल टोलि बिरुद्द नेपालको त्यो पहिलो एतिहासिक जित थियो जुन खेलमा नेपालले भारतलाइ पेनल्टीमा ६-५ले हराउदै १९९३को दछिन एसियाली खेलकुद प्रतियोगी सागमा एक मात्र स्वर्ण पदक जितेको थियो ।

भारतिए टोलिलाई दोस्रो पटक हारको स्वाद चखाउन नेपाली फुटबल टोलिले झन्डै २० वर्ष कुर्न पर्यो ।दशरथ रंगशालामा आयोजित १०औ साफ चेम्पियनशिपमा नेपालले पाहुना टोलि भारत बिरुद्द घरेलु मैदानमा २-१को जित निकाल्यो । जुन खेलमा नेपालको तर्फबाट पुर्व कप्तान अनिल गुरुङ र स्ट्राइकर जुमानु राइले १-१गोल गरेका थिए । यो नै साफ इतिहासमै पहिलो पटक नेपालले भारतलाई हराएको एक मात्र खेल रह्यो।

पछिल्लो पटक चिरपरिचित प्रतिद्वन्द्वी भारतलाई नेपालले मान्दिभ्समा भएको गत सन्करणमा दुई पटक भेटाएको थियो।

साफ च्याम्पियनसिप २०२१ अन्तर्गत लिग चरणको आफ्नो तेस्रो खेलमा नेपाल भारत बिरुद्द १-०को झिनो गोलन्तरले पराजित भयो । निकै राम्रो डिफेन्सिफ खेल पस्केको नेपालले अन्तिम १० मिनेटमा गोल व्यहोर्न पुगेको थियो । ८२औ मिनेटमा निर्णायक गोल गरेका कप्तान सुनिल क्षेत्री भारतको जितमा पुन निर्णाएक बने ।

गत सन्करणको सोहि प्रतियोगिताको उपाधी भिडन्तमा नेपाल र भारत पुन एक अर्का बिरुद्द भिडेका थिए । साफको २८ वर्शिए ईतिहास पछि पहिलो पटक फाइनल पुगेको नेपाले पुन भारत बिरुद्द ३-० को हार ब्यहिर्दा भारत भने आठौं पटक च्याम्पियन बन्यो । भारतको जितमा कप्तान सुनिल क्षेत्री, सुरेश सिंह वाङजाम र साहल अब्दुल समादले समान एक एक गोल गरेका थिए । यहाँहरुलाई स्मरण गराउन चाहे भारतका कप्तान सुनिलले हालसम्म गरेका ९० अन्तरास्ट्रिय गोल मध्य ८ गोल त उनले ७ गोल त नेपाल बिरुद्दमात्रै लगाइसकेका छन् । जुन कुनै पनि प्रतिद्वन्द्वी बिरुद्द उनको सर्वाधिक धेरै गोल हो ।

२०२७ विश्वकप खेल्ने लक्ष सहित एसियाली फुटबलमा निकै माथी उठिरहेको भारतिए टोलि पछिल्ला १० खेल यता अपराजित यात्रामा रहेको छ । लगातर तीन पटक गरि सन २०२३को एस्फै एसियन कपमा समेत छनोट भैसकेको भारतले गत वर्षको मे महिनामा भएको अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा जोर्डन सङ २-०हारे यता पछिल्ला ७ खेलमा एक गोल पनि खाएको छैन।

ईतिहास देखिनै भारत बिरुद्द कमजोर मानसिकता सहित मैदान उत्रने गरेको नेपाल यसपटक भने संक्रमणकालबाट गुज्रीरहेको छ । कुवेत बिरुद्दको अघिल्लो खेलमा पनि नेपाली खेलाडीहरु निकै डराएर खेलिरहेका थिए। पहिले देखिनै भन्दै आइरहेको लेफ्ट ब्याक कमजोर र कम अनुभवी भएका कारण निकै चुकेको थियो । नेपालले खाएका दुई गोल त अनावश्यक रुपमा गोलरक्षक अघि बढ्नु र अपोनेन्टको खेलाडिलाई डिबक्सभित्र खाली छोड्दा आएका थिए।

पोजेसनल प्ले र बलियो बिल्ट अप प्लेमा जोड राख्ने भारतीए टोलि सनिबार पाकिस्तान सङ जस्तै नेपाल बिरुद्द पुरै अट्याकिङमा निक्सनेछ । फेरि नेपाली टोलिको बानी पनि त्यस्तै छ बिपछि अट्याकिङमा आउँछ भने डिफेन्सलाई पार्किङ गरिदिने अनि काउन्टरमा बल कुदाउने । जुन अहिलेको मोडर्न डे फुटबलमा काम लाग्ने छैन । यति सम्म कि नेपाली टोलिले ४ देखि ५ पास पनि कम्प्लिट गर्न सक्ने अवस्था छैन ।

अझ कुवेतले त नेपाल बिरुद्द उसको सिनियर टोलि मैदान उतारेकै थिएन । अधिकान्स यु-२३ टोलिका युवा खेलाडीहरु त २-४ सिनियर खेलाडी मैदान उतारेको कुवेतले भारत बिरुद्द भने आफ्नो फुल स्क्वाड मैदान उतार्नेछ।

त्यसैले यो पटकको साफमा साबिक उपबिजेताको साख जोगाउनु पर्ने अहिलेको नेपाली टोलिमाथि धेरै अपेक्षा गर्नु पिडाको सिबाए केही हैन ।

वुधबारको खेल पछि नेपाल्का मुख्य प्रशिक्कले त उद्द्घोषनै गरेका थिए -नेपाली केटाहरु डराएर खेले…मैले अट्याकिङ खेल्न भनेर पठाएको टोलिमा कन्फिडेन्सको कमि देखियो।

भारतिय भूमीमा लामो समय प्रशिक्षणको अनुभव बटुलिसकेका अनेसले भारतिए फुटबल राम्ररी बुझेका छन् । भारत बिरुद्दको खेललाई फाइनलनै घोष्णा गर्दिसकेका अनेसले सनिबार अट्याकिङ फुटबल खेलाउनेछन। आशा छ भारत बिरुद्द नेपालले सम्मान जनक नतिजा निकाल्दै प्रतियोगितामा आफुलाई जिवितै राख्नेछ ।

सनिबार नेपाली समय अनुसार बेलुकि ७:४५बजेबाट सुरु हुने नेपाल र भारत बिचको खेलको प्रत्यक्ष प्रसारण यहाँहरुले टेलिभिजनमा कान्तिपुर टेलिभिजन र युटुबमा कान्तिपुर सिनेप्लेक्स मार्फत सजिलै हेर्न सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय