सुशान्त राज,
काठमाडौ । जिम्बावेमा जारी २०२३ आइसीसी विश्वकप छनोटबाट बाहिरिसकेको नेपाली राष्ट्रिय कृकेट टोलिले आज आईतबार प्लेअफ खेलमा चिरपरिचित प्रतिद्वन्द्वी युएईको सामना गर्दैछ ।
जिम्बाबेको राजधानी हरारे स्थित तकासिङ्गा खेल मैदानमा आइतबार नेपालि समय अनुसार १२:४५बजेबाट सुरु हुने खेलको प्रत्यक्ष प्रसारण यहाँनेरहरुले मोबाइल, टेलिभिजन,ल्यापटोप जुनसुकै माध्यमबाट सजिलै हेर्न सक्नुहुनेछ । जसको लिन्क यसै भिडियोको डिस्कृप्सन र कमेन्ट बक्समा राखिएको छ ।
विश्वकप छनोट अन्तर्गत समूह चरणमा अमेरिका बाहेक अन्य अन्य राष्ट्रहरु जिम्बाब्बे, वेस्ट इन्डिज र नेदरल्यान्ड सङ पराजित हुँदै नेपाल सातौ स्थानको प्लेअफमा आईपुगेको हो भने समूह बि अन्तर्गतका आफ्ना सम्पुर्ण खेलहरु हार्दै प्रतियोगिताबटै बाहिरिदकेको अर्को टोलि युएई पनि प्रतिष्ठाको लडाईका लागि प्लेअफमा झरेको हो ।
पछिल्लो पटक युएई र नेपालले जिम्बाबेकै भुमिमा केही साता अघि मात्रै आमनेसामने भएका थिए। जारी विश्वकप छनोटको पुर्व तयारी स्वरुप भेएको खेलमा भने नेपाल ३ विकेटले पराजित भएको थियो।
आईतबार नेपाल र युएईबिचको विजेता टोलिले सातौं स्थानको लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।शुक्रबार भएको पहिलो प्लेअफ खेलमा अमेरिकालाई पराजित गरि आयरल्यान्डले यो खेलको विजेतासँग भेट पक्का गरेको हो । यस्तै यस खेलमा पराजित हुने टोलीले भने नवौं स्थानका लागि अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ ।
विश्वकप छनोटबाटै बाहिसकेका यी दुबै टोलिलाई आईतबार्को खेलले कुनै असर पर्दैन। यद्यपि प्रतिष्ठाकै लागि बाहिरिएका मध्य सबैभन्दा अब्बल राष्ट्र को त ?? भन्ने दौडमा दुबै टोलि अगाडि आउन चाहन्छन् । आजको खेलमा नेपाली टोलिले आफ्नो बलियो प्लेईङ-११ मैदानमा उतार्ने अनुमान गर्न सकिन्छ ।
गत साता वेस्ट इन्डिजसँग खेलेको प्लेईङ-११ लाई आजको पनि खेलमा निरन्तरता दिने उच्च सम्भावना रहेको छ ।
यस्तो रहनेछन युएई बिरुद्द नेपालको सम्भावित प्लेईङ-११
आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, भीम सार्की, रोहित पौडेल (कप्तान) , आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी