सिमरा : जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ३ बजनी स्थित रहेको अजय होटेल एण्ड लजमा यौनधन्दा सञ्चालन आरोपमा ३ जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ३ मा स्थानीयबाट प्राप्त गोप्य सूचनाको अनुसार अस्थायी प्रहरी पोस्ट रामवन र वडा न ३ वडा अध्यक्ष सहितको टोलिले संयुक्त रुपमा सोमबार राति अनुसन्धान गर्दा ३ जना पक्राउ परेका हुन । टोलिले अनुसन्धानका क्रममा दुई महिला सहित एक पुरुषलाई पक्राउ गरेर थप अनुसन्धानका लागि हिरासतमा राखेको छ। गत असार १९ गते पनि वडा न ३ अध्यक्ष र प्रहरी सहितको टोलिले होटेलमा अनुसन्धान गर्दा त्यहाँ पनि यौनजन्य क्रियाकलाप भएको पाईएको वडा न ३ को वडा अध्यक्ष तारा बहादुर कार्कीले बताउनु भयो ।
सोही घटना पछि स्थानीय विकास र समाजमा भएको कुरिती, कुसंस्कार, नराम्रा कदम विरुद्ध कडा रुपमा अग्रसर रहि सुन्दर समाज निर्माणमा आफू लागि रहने समेत सिमरा खबरलाई जानकारी दिनु भएको छ ।