जितपुर, पथलैया – बिरगंज औद्योगिक करिडोरमा चलने सवारी साधनसग जबर्जस्ती उठाउने कर अहिले सम्म बन्द भएको छैन, दोहोरो कर लिने गरेको पाइए पछी नेपाल ट्रक चालक मजदुर संगठनको अनुरोधमा इलाका प्रहरी कार्यालय सिमराले केहिलाई बिहिवार पक्राउ गरि अनुसन्धान पनि चलाईरहेको छ ।
एच एण्ड जे ट्रेडर्स वीरगञ्जले ठेक्का सकार गरेर एकै ठाउँबाट सवारी साधनसँग रकम उठाउँदै आएको हो । भन्सारबाट छुटेका नेपाली तथा भारतीय गाडीसँग दैनिक यसरी रकम उठाउने गरेको ट्रक चलाकहरुले सिमरा खबर समक्ष बताएका छन् ।राजमार्गमा अबैध कर असुली गरिरहेको बखतमा आफु किन कर समस्यामा परिएको भने बुझ्न खोज्दा चालक माथि नै हातपात भएको चालकहरुले बताएका छन् ।
पथलैया–वीरगञ्ज औद्योगिक करिडोर (६ लेन) संघीय सरकारको बजेटबाट निर्माण गरिएको हो । नेपालकोे संविधानले स्थानीय तहलाई दिएको अधिकारमा सिँचाइ सडक, ग्रामीण सडक र कृषि सडकमा मात्रै स्थानीय तहले कर लगाउन पाउने व्यवस्था छ । तर संघीय सरकारले निर्माण गरेको सडकमा परवानीपुर गाउँपालिका र जीतपुर सिमरा उपमहानगरपालिकाले ‘कवाडी कर’ को नाममा राजमार्गमा गुड्ने गाडीहरुलाई दुःख दिएर कर उठाए पनि तर पार्किङ व्यवस्था भने सरकार सकिरहेको छैन, अव्यवस्थित पार्किङको समस्या झेलिरहेका सवारी चालकहरू राजमार्ग लगायत मुख्य सडकमा पार्किङ गर्न विवश छन् । आर्थिक बर्ष २०७९/८० का लागि पनि एच एण्ड जे ट्रेडर्स वीरगञ्जलेनै सवारी कर उठाउने ठेक्का पाएको थियो भने यस बर्ष पनि सोहि ठेका कम्पनीले सवारी कर उठाउने ठेका पाएको छ ।बल जबर्जस्ति राजमार्गमा गुड्ने सवारी साधन संग कवारी कर लगाएत अन्य करको नाममा कर लिने गरेको पाए पनि जीतपुरसिमरा उपमहानगरपालिका अहिले सम्म मौन बसेको छ ।राजमार्गमा गुड्ने गाडीसँग दैनिक लाखौं रुपैयाँ यसरी अवैध रुपमा उठाएको विषयमा प्रहरी, प्रशासन पनि जानकार छन् ।ठेकेदार कम्पनीले कवाडी करको नाममा प्रत्येक गाडीलाई राजमार्गमा रोकेर दुई सय २५ रुपैयाँ रकम असुल्ने गरेको चालकहरुको गुनासो छ ।भारत बाट र बिर्ग्नाज बाट आउने मालवाहक गाडी र खालि गाडीलाई रोकेर २/३ जनाले कर असुल्ने गरेको र कर न दिएको खण्डमा बासको भत्ताले हान्ने धाक धम्कि समेत दिने गरेको चालकहरुले गुनासो गरेका छन् ।