सुशान्त राज,

काठमाडौ । विश्व फुट्बलको सर्वोच्च निकाए फिफाले सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल पहिलेकै स्थानमा रहेको छ । बिहिबार फिफाले निकालेको नयाँ बरियता अनुसार नेपाल १७५औ स्थानमै यथावत छ । भने एसियाली बरियता तर्फ नेपाल ३२औ स्थनामा छ । यसको अर्थ नेपालको नयाँ फिफा बरियताले आगामी २०२६को फिफा विश्वकपमा एसियन छनोटमा नेपालको यत्रा थप कठिन बन्ने भएको छ ।

एफसी बरियताको उत्कृष्ट २७मा स्थान बनाउन नसक्दा अघिलो विश्वकप चनोटमा सोझै दोस्रो चरणबाट प्रतिस्पर्धा गरेको नेपालले यो पटक भने पहिलो छनोट चरण खेल्नुपर्नेछ ।

पहिलो छनोट चरण अन्तर्गत पट्स १मा रहेको नेपालले पट्स २मा रहेका यी ९ मध्य एक टोलिलाई भेटाउनेछ । होम एन्ड अवेको ढाचामा खेलाइने दुई खेलको नतिजाले दोस्रो चरणका लागि नेपाल अघि बढ्छ बढ्दैन त्यस्को टुङ्गो लाग्नेछ ।पहिलो चरणमा नेपालको प्रतिद्वन्द्वी भने यहीँ जुलाई २७ मा मलेसियाको राजधानी कोलालम्पुरमा हुने द्र मार्फत टुङ्गो लाग्नेछ ।

उता थप १ स्थान सुधार गर्दै ९९औ स्थानमा उक्लिएको भारत भने दक्षीण एसियाबाट सोझै दोस्रो छनोट चरण खेल्ने एक मात्र राष्ट्र बनेको छ । एसियाली बरियताको शिर्ष १८मा पर्न सफल भारतले पट्स २मा रहदै आफू भन्दा २ कमजोर राष्ट्रहरुलाई भेटाउनेछ । यसले २०२६को विश्वकपमा छनोट हुने उसको स्म्भावना झनै बढेर आएको छ ।

यस्तै हालै सार्वजनिक गरिएको फिफा बरियता अन्तर्गत अन्य दक्षीण एसियाली राष्ट्रहरुको कुरा गर्ने हो भने माल्दिभ्स एक स्थान तल झर्दै १५५औ स्थानमा पुगेको छ भने एक स्थन तल झरेको अर्को राष्ट्र भुटान भने १८५औ स्थानमा छ । साफ हालसालै सम्पन्न चेम्पियनशिपको सेमिफाइनल पुगेको बङ्लादेश तीन स्थान सुधार गर्दै १८९औ स्थानमा उक्लिदा पाकिस्तान २०१ र फिफा निलम्बनमा रहेको शृलन्का २०४औ स्थानमा छन ।

जुलाइ महिनाको फिफा बरियताका आधारमा दक्षीण एसियाबाट भारतले सोझै दोस्रो छनोट खेल्दा दोस्रो छनोट चरण खेल्दा नेपाल माल्दिभ्स, भुटान,बङ्लादेश र पाकिस्तानले भने पहिलो छनोट चरण खेल्नु पर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय