सुशान्तराज,

काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । शुक्रबार काठमाडौंमा आकस्मिक पत्रकार सम्मेलन गर्दै उनले सन्यासको घोषणा गरेका हुन् ।

एसिसी इमर्जिङ टिम एसिया कपको उपाधी उचाल्दै यसै वर्षमात्रै एसिया कपमा छनोट भएको नेपाली क्रिकेट टिमले अर्को महिना भारत र पाकिस्तान जस्ता विश्व क्रिकेटका दुई महारथी बिरुद्द भिड्दै गर्दा ति एतिहासिक खेलको पुर्व सन्ध्यामै ग्यानेन्द्रको सन्यासलाई लिएर केही समर्थकहरु भने चित्त दुखाई गरिरकेका छन।

संयोगनै मान्नुपर्छ नेपाली राष्ट्रिय क्रिकेट टिमका दुई पुर्व कप्तानहरुले सन्याषको घोषणा गरेको दिन पनि एउटै परेको छ । आज भन्दा दुई वर्ष अघि २०७८साल श्रावण १९गतेकै दिन अर्का लिजेन्डरी कप्तान पारसले पनि अन्तरास्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका थिए। नेपाललाई डिभिजन फाइभबाट एक दिवसीय मान्यता प्राप्त देश बनाउनुमा ज्ञानेन्द्र र पारस खड्का दुबैको उल्लेखनीय योगदान रहेको थियो ।

नेपाली क्रिकेट टोलिसङको झन्डै १७ वर्षको लामो क्रिकेटिङ यात्रालाई पुर्णविराम लगाएका ग्यानेन्द्रले सन् २००६ को एसीसी एलिट ट्रफीमा नामिबियाविरुद्ध डेब्यु गर्दै राष्ट्रिय क्रिकेट टिमको यात्रा सुरु गरेका थिए । मल्ल सन् २००५ मा नेपाली यू–१५ टोलीको सदस्य रहेका थिए । त्यसपछी यू–१७ र यू–१९ टोलि हुँदै ग्यानेन्द्रले राष्ट्रिय टोलिसम्मको यात्रा तय गरेका हुन।

शुक्रबार सन्यासको घोषणा गरेसङै गत महिना जिम्बाबेमा सम्पन्न ओडिआई विश्वकप छनोट ताका जुलाई ४ मा आयरल्यान्डविरुद्धको खेल्नै अन्तरास्ट्रिय कृकेटमा ग्यानेन्द्रको अन्तिम खेल बन्न पुगेको छ ।

नेपाली क्रिकेटले पाएको एक सफल टेक्लिकल क्रिकेटर ग्यानेन्द्र ओडिआई क्रिकेटमा अर्धशतक प्रहार गर्ने पहिलो नेपाली ब्याटर समेत हुन् । सन २०१८ मा नेदरल्यान्ड्सविरुद्ध ऐतिहासिक देब्यु ओडआई खेलमै उनले ५१ रन बनाएका थिए । आफ्नो क्रिकेटिङ करियरमा ३७ ओडिआई खेल खेलिसक्दा ग्यानेन्द्रले ७ अर्धशतकसहित ८ सय ७६ रन बनाएका छन् ।

उता नेपालले २०१४को एतिहासिक टि-२० विश्वकप खेल्दा ब्याटिङ तर्फ ग्यानेन्द्र कप्तान पारस खड्का सङै टोलिका मुख्य हतियार थिए । टि २० तर्फ ४५ खेल खेलिसक्दा ज्ञानेन्द्रले नेपालबाट १ शतक र २ अर्धशतकसहित कुल ८ सय ८३ रन बनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय