सुशान्तराज,

काठमाडौ । नेपाली युवा फुटबलर दीपकराज सिंह ठकुरी उज्ज्वल भविष्यका निमित्त अष्ट्रेलिया पलायन भएका छन् । राष्ट्रिय टोलिबाट ३ क्याप समेत जितिसकेका दिपक सोमबार अप्रत्याशित रुपमा अष्ट्रेलिया हिडेका हुन।

खेलाडी पलायनले रित्तिएको राष्ट्रिय टोलीमा अन्जन विष्टको जोडीमा दिपक सिंह ठकुरी राम्रो विकल्प हुन सक्ने धेरैले आँकल गरेका थिए।

पछिल्ला समय नेपालका भरपर्दा स्ट्राइकर नवयुग श्रेष्ठ र बिमल घर्तिमगर फर्ममा नहुँदा अग्रपक्तिमा आफुलाई प्रमाणित गर्ने सकेको खण्डमा राष्ट्रिय टोलीमा स्थापित हुने अवसर दिपकलाई थियो ।

तर विडम्बना थृ नेसन्स कपमा राम्रो प्रदर्शन गर्दा गर्दैपनि साफ चेम्पियनशिप अन्तर्गत भारत बिरुद्दको दोस्रो खेलनै दिपकको नेपालको झन्डा अन्कित जर्सीमा अन्तिम खेल रह्यो ।

झण्डै तीन वर्षअघि सुदूरपश्चिम एघारबाट फुटबल करियर शुरु गरेका ठकुरी पश्चिम नेपालको फुटबलमा परिचित नाम हो। त्यसो त सुदूरपश्चिम एघार टोलीले जितेका उपाधि र हरेक सफलतामा उनको नाम जोडिएर आउँछ । मोफसलका प्रतियोगिताहरुमा उच्च प्रदर्शन गरेका दिपकको खेल देखेरै तत्कालीन सातदोबाटो युवा क्लबका मुख्य प्रशिक्षक रहेका मेघराज केसीले उनलाई अघिल्लो वर्ष सातदोबाटो क्लबमा खेल्ने अवसर दिए । प्रतिभाशाली खेलाडी चिन्न माहिर मेघराज केसीले नै उनै दिपकलाई शीर्ष डिभीजन क्लबमा खेल्ने वातावरण मिलाएका थिए । त्यस यता दिपकले कहिल्यै पछाडि फर्केर हेर्नुपरेको थिएन।

यसै वर्षको ए डिभिजन लिगमा २५ खेल खेलिसक्दा १२ गोल गरेका दिपक लिगमा सर्वाधिक गोल गर्ने एक नम्बर नेपाली खेलाडी थिए । अचम्मको कुरा त के छ भने लिगमा सर्वाधिक गोलकर्ताको टप १० मा स्थान पाउने दिपक मात्रै नेपाली खेलाडी हुन ।

लिगमा हाल नेपालका उत्कृष्ट फर्वार्ड अन्जन बिष्ट देखि बिमल घर्ती मगर, आयुष घलान, मनिश डाङ्गी, नवयुग श्रेष्ठ सबैलाई मात खुवाईदिएका थिए ।

घरेलु फुटबलको मेरुदण्ड मानिने शीर्ष डिभीजनको लिगमा गरेको दमदार प्रदर्शनले दिपकलाई नेपाली फुटबलमा उदाउदो स्टार खेलाडीको रुपमा अगाडि ल्याएको थियो । आफ्नो उत्कृष्ट खेल कौशलको बलमा प्रधान मन्त्री थृ नेसन्स कप खेल्ने टोलिमा स्थान बनाएका दिपकले लाओसविरुद्ध खेल्दै राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । तिनै दिपकले भुटान बिरुद्द गोल गर्दै नेपाललाई एतिहासिक हार बाट जोगाएका थिए ।

राम्रो खेल्दा खेल्दै पनि साफमा दिपकले भारत बिरुद्दको खेलमा त्यो पनि २-०ले पछि परेको स्थितिमा ७२औ मिनेट पछि त्यही एक खेलमा मात्रै मौका पाए । पछिल्लो पटक त विश्वकप छनोट खेल्ने खेलाडीहरुको बन्द सुचीमा समेत नाम राखिएको छैन ।

दोस्रो संकरणको एन.एस.एल आउदैछ उनी राम्रै रकममा बिक्ने थिए । तर क्षणिक कुरामा दिपकले आफुलाई अल्झाईराख्न चाहेनन । बिक्नु  मात्र हैन पछिल्लो समय राष्ट्रिय टोलिका नियमित सदस्यहरु पनि केही दिनमै अष्ट्रेलिया उड्दै छन् । र यो रोकिने वाला छैन । हालसम्म राष्ट्रिय टोलिबाट क्याप जितिसकेका मात्रै २ सेट खेलाडीहरु अष्ट्रेलिया उडिसकेका छन् । अन्य अनक्याप्ड खेलाडी त सयौको संख्यामा छन् । अष्ट्रेलिया मात्र हैन दुबै मलेसिया र कतार हिड्ने नाम चलेका नेपाली फुटबल खेलाडीहरुको ताती पनि लामै छ ।

एउटा खेलाडी मध्यम वर्गीय परिवारबाट मोजाको बल खेल्दै विभिन्न अभावका बिच स्थानीए क्लब हुँदै बल्लबल्ल राजधानी सम्म आइपुग्छ । लिगमा त उसले राष्ट्रिय टोलिका खेलाडीलाईनै मात खुवाने खालको प्रदर्शन गर्छ । राष्ट्रिय टोलिमा स्थान पनि पाँउछ । बिस्तरै उस्ले बुझ्दै जान्छ यो देशमा खेलेर केही हुनेवाला छैन।

भन्नेले त भन्छन् पैसाको लागि गयो भनेर तर यो महँगो सहरमा जब आफ्नै पेट पाल्न समेत मुस्किल हुन्छ नि भोको आङ्गले न देश भन्दो रहेछ न त राष्ट्रियतानै ।

सुन्दा अचम्म लाग्ला गुजारा टार्न खेलाडीहरु आफुले आर्जेको तक्मा समेत लिलामी गर्न तयार छन् । घरमा आमाबुबा यिनै छोराको कमाइको आसमा बाचिरहेका छन् । आज त यो ज्यान एक्लो छ भोलि श्रीमति बालबच्चा नेपाली खेलाडीहरु यतिबेला विदेश पलायन हुन विवश बनिरहेका छन् ।

बिस्तारै नेपाली फुटबलले आफ्नै खेलाडीहरुको विस्वास गुमाउदै गएको भान हुदैछ । फर्वार्डको खडेरीले पिरोली रहेको नेपाली फुटबलमा दिपक जस्तो खेलाडीको यति छोटो बहिर्मगनले अब आउने युवा फुटबलहरुमा नराम्रो सन्देश गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय