भुपेन्द्र राना मगर,

हेटौंडा । मकवानपुर मनहरी-६ स्थित सिस्नेरीपाखा सामुदायिक वन उपभोक्ता समूहको खाताबाट २५ लाख रुपैयाँ चोरी भएको छ । समूहको हेटौंडा स्थित राष्ट्रिय वाणिज्य बैंकको खाता नब्बर १३००१००००२४६५००१ बाट २५ लाख रुपैयाँ चोरी भएको हो । चोरी भएको रकम हेटौंडाको कामना सेवा विकास बैंकमा रहेको ४२ वर्षीय लालकुमार थिङको खाता नम्बर ४९१४१००५५३८७७०००००१ मा रकम ट्रान्सफर भएको हो ।थिङ मनहरी–६ स्थित दिदिबहिनी होटलका सञ्चालक समेत हुन् |

के हो त घटना ??

मिति १४ माघ २०७९ का दिन वन उपभोक्ता समूहका अध्यक्ष शिवकुमार विक कुवा र काठेपुल निर्माण पश्चात समितिको बैठक बसी पैसा निकासी गर्नका लागि चेकमा सहिछाप गरि झोलामा बोकेर हिड्ने क्रममा मनहरी -६ स्थित दिदिबहिनी होटलमा खाजा खान पुगे त्यस पश्चात बिक शौचालय पुगेका थिए । परिवारमा केहि जटिल समस्या आइपरेपछि बिक घर फर्तकिए तर विकले आफ्नो चेक हराएको भोलि पल्ट मात्र थाहा पाए । त्यसपछि समितिको बैठक बोलाएर चेक हराएको र प्रहरीको जाहेरी दिने तथा सबडिभिजन वन कार्यालय मनहरीमा जानकारी गराउने निर्णय गराए । बिकले भने सहिछाप भएको दुई वटा चेक हराएको थियो । बैंकमा पुगेर बुझ्दा पैसा लालकुमारको खातामा माघ १८ गते ट्रान्सफर भइसकेको रहेछ ।’ बिकले हेटौंडामा पत्रकार सम्मेलन गर्दै भने, पैसा लालकुमार थिङको खातामा ट्रान्सफर भएको रैछ ।

विकले थिङलाई फोन सम्पर्क गरी यस विषयमा सोधपुछ गर्दा आफूलाई अश्लील शब्द प्रयोग गरी फसाइसकेको र मान्छे लगाइ ज्यान मार्ने भनी धम्की आएको समेत बताए । उनले अहिले ज्यान मार्ने धम्की आएपछि आवश्यक कारबाही गर्न र आफ्नो जिउधन र शान्तिसुरक्षाका लागि प्रहरीकोमा निवेदन दिएको बताए ।

कोषको रकम व्यक्तिले चोरेपछि वन समूहले फागुन ५ गते बैठक राखेर विकास भनिने लालकुमार थिङलाई कारबाही गर्न कानुनी प्रक्रिया थाल्ने क्रममा ईलाका प्रहरी कार्यालय मनहरीमा चैत ५ गते चोरीमुद्धा दर्ता गरियो तर मलाई फोन र भेटमा थिङले धम्कि दीईरहेको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरले मुद्धा चलाई फागुन २० गतेभित्र रकम जम्मा गर्ने ‘मौखिक भाका’ दिएर प्रहरीले कुनै प्रकारको लिखित कागज नगरी थिङलाइ छाडेको थियो । त्यसपछि उनि फरार छन् |

पत्रकार सम्मेलनको क्रमामा उनले भने उता सवडिभिजन वन कार्यालयले डिभिजन वन कार्यालय राप्ती, मनहरीलाई कागजपत्र पेश गरेको र कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयसहित वन निर्देशनालयलाई समेत बोधार्थ दिएर पत्र लेख्ने काम गरिएको छ । तर, सवडिभिजन कार्यालयले उल्टै हामी पीडित पक्षलाई नै रकम जम्मा गर्न र यदि नगरे कानुनी कारबाही गर्ने चेतावनीपूर्ण पत्र लेखेकोमा हाम्रो आपत्ति छ । म एक सामान्य उपभोक्ता हुँ । त्यत्रो रकम म र समूहले कसरी तिर्न सकौंला र ? हामी पीडित नै कहिले प्रहरीको पक्राउमा पर्ने हो, टुंगो छैन ।

उनले घटनामा मनहरी-६ का वडाअध्यक्ष युवराज थपलियाले लालबहादुरबाट रकम फिर्ता गराउन सहयोग गर्ने प्रतिबद्धता गरे पनि अहिले चासो नदिएको बताए । विकले छिटो भन्दा छिटो लालबहादुरलाई पक्राउ पक्राउ गरि २५ लाख फिर्ता गर्नु पर्ने बताए |

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय