सिमरा । आज भन्दा करिव एक महिना अघि रातको समयमा टिपरको प्रयोग गरेर जीतपुर सिमरा–३ बझनीमा लालबहादुर पाण्डेको घर भत्काइएको थियो । घटना भएको महिनौ पुग्दा स्थानीयले होटल तथा जग्गा व्यवसायी इच्छा बहादुर वाग्ले माथि आशंका गरिए पनि प्रहरीले दोषी सार्वजनिक गर्न सकेन । दोषी सार्वजनिक नगरिएको र वाग्लेलाई कारवाही नभएको भन्दै स्थानीयहरुले आइतबार सिमरा विमानस्थल स्थित गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । स्थानीयहरुले आइतवार सिमरा विमानस्थलमा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर वाग्लेलाई कारवाहीको माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।

सिमरास्थित ईच्छा होटलका सञ्चालक तथा जग्गा कारोवारी ईच्छाबहादुर वाग्ले साउन ९ गते राति ३ बजेर २६ मिनेटमा नियोजित ढंगले टिपरको प्रयोग गरेर पाण्डेको भत्काइएको सिसी क्यामराको फुटेजमा प्रष्ट देखिएको थियो ।

घटना भए लगत्तै पीडित पाण्डे परिवारले वाग्लेको नाममा किटानी जाहेरी दिएका थिए । तर, प्रहरीले हालसम्म वाग्लेलाई नियन्त्रणमा लिन नसकेको भन्दै स्थानीयहरुले गृहमन्त्री श्रेष्ठसँग आफूहरुले न्याय नपाएको गुनासो गरेका हुन् ।

ज्ञापनपत्र बुझ्दै गृहमन्त्री श्रेष्ठले बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा र प्रहरी प्रमुख होबिन्द्र बोगटीलाई निर्देशन दिँदै पीडितलाई तत्काल न्याय दिन निर्देशन दिएका थिए । ‘सिडियो र एसपीले गर्नुहुन्छ भएन भने म कहाँ रिपोर्ट गर्नुहोला,’ गृहमन्त्री श्रेष्ठले भने ‘जति पावरफुल छु भनेर घमण्ड गरेपनि मध्यरातमा जनताको घर भत्काउनेलाई कारवाही हुन्छ चिन्ता नलिनुस् ।’

साउन ९ मा भएको घटनामा बारा जिल्ला अदालतले वाग्लेका कान्छा छोरा मन्सुन वाग्लेसहित ६ जनालाई पक्राउ पुर्जी जारी गरेको थियो । जसमा ४ जना २७ दिनपछि धरौटीमा छुटेका छन् भने वाग्ले फरार छन् ।

ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रदीप क्षेत्रीले जीतपुर सिमरा वडा नं १ निवासी आर के भनिने रामकुमार श्रेष्ठ, रमेश पुन, साइँला भन्ने गुणलाल श्रेष्ठ र गाडी चालक राधे चौधरीलाई ५ लाख ५० हजार धरौटीमा छुटेको र बाँकी २ जना भने फरार रहेको प्रहरीले जनाएको छ ।

पाण्डेको घर भत्काउनकै लागि वाग्लले ललितपुरबाट १९०४ नं पहेँलो आईचर कम्पनीको टिपर झिकाएका थिए । सो टिपर हाल ललितपुर प्रहरीको नियन्त्रणमा छ । पाण्डेको ७ धुर घरजग्गासँगै ईच्छाबहादुर वाग्लेले जग्गा प्लटिङ गरेका छन् । पाण्डे र वाग्लेबीच जग्गा विवाद बारा जिल्ला अदालतमा विचाराधीन अवस्थामा छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय