बारा। बालगङ्गा पुल निर्माण भएपछि अहिले यात्री र स्थानीयहरु निकै हर्षित बनेका छन् । वर्षौ देखि पुल नहुदा कोल्हवी सिमरा सडक खण्डमा रहेको उक्त बालगङ्गा खोलाको कारण स्थानीय र यात्रीहरुले निकै सास्ती झेल्न परेको थियोे । खोलाको बगर त्यसैमा सवारीहरु कठिनाइ यात्रा गर्न स्थानीय र यात्रुहरु विवश थिए । खोलामा गाडी भासिने तथा बाढी प्रभावबाट आवत जावतमा निकै कठिनाईको सामना गर्नु पर्दथ्यो ।
कुनै बेला श्रीलंका टापु जस्तै मानिएको जितपुर सिमरा उपमहानगरपालिका वडा १४ र १५ लगायतका केही स्थानहरूमा दुधौरा र बालगङ्गा दुई खोलाहरुले घेरिएको थियोे । यस स्थानका स्थानीयहरुलाई सिमरा बजार र बारा जिल्ला सदरमुकाम कलैया पुग्न निकै सास्ती हुने गरेको थियोे । वर्षाको बेला खोलामा आउने गरेको बाढीको कारण आवतजावत नै ठप्प बनी यात्राबाट नै वञ्चित हुन पर्थ्यो । दुई खोलीको दोभानमा बसोबास गर्ने स्थानीयहरुले अव्यवस्थित सडकका कारण बिरामी पर्दा समेत समयमा अस्पताल पुर्याउन नपाउदा कतिले बीच बाटोमै ज्यान गुमाउन परेको घटनाहरु अहिले पनि धेरैले स्मरण गरिरहेका छन् ।आज भन्दा झन्डै दस वर्ष अगाडि दुधौरा पुलको निर्माण पछि रजघट्टा डुमरवानामा बसोबास गर्ने स्थानीयलाई सिमरा बजार पुग्न सहज हुने भएपछि खुसीले रौनकता छाएपनी सदरमुकाम पुग्न झेल्नु पर्ने सास्तीले उतिकै चिन्तित पनि देखिन्थ्योे ।
वि.सं. २०७२ सालको विनाशकारी भुकम्प पछि जितपुर सिमरा उपमहानगरपालिका अन्तर्गतका केही स्थानमा बालगङ्गा पुल निर्माण गरिने कुरा निकै चर्चाको विषय बन्यो, चारैतिर पुल निर्माण हुने र आवतजावत गर्न निकै सहज हुने कुराले स्थानीयहरुमा खुसीको सिमा रहेन । त्यसपछि २०७२ असार ३१ गते डिभिजन सडक कार्यालय हेटौंडा र श्री आश्रय निर्माण सेवा बीच वि.स. २०७५ असार मसान्तसम्ममा कार्य सम्पन्न गर्ने सम्झौता भई कार्य आदेश दिइयो ।निर्माण सुरु भएको केही समय पछि स्थानीयहरुको खुसीमा फेरि पुर्णविराम लाग्यो , कारण थियोे खोलामा रहेको केही व्यक्तिगत जग्गा, निमार्णधीन पुल व्यक्तिगत जमिनमा परे पछि जग्गाधनी पक्ष र निमार्ण पक्ष बीचमा उत्पन्न भएको विवादका कारण पुलको निमार्ण कार्य आधा अधुरोमा नै रोकिन पुग्यो । निमार्ण कार्य रोकिए पश्चात् स्थानीयले बोकेको आशा निराशामा परिणत भयो ।
करिव ५ वर्ष भन्दा धेरै समय रोकिएको निर्माण कार्य सघिंय चुनावको नजिकिए सगैं निर्मार्ण कार्यले गति लिन थाल्यो र सम्पन्न समेत भयो । आज पुलको निर्माण पछि कोल्हवी सडक हुदैं यात्रा गर्ने यात्रु तथा जितपुरसिमरा उपमहानगरपालिका वडा नं १८ लगायतका स्थानियलाई समेत पालिका केन्द्र सिमरा तथा जिल्लाको सदरमुकाम कलैया सम्म जोडिन निकै सहज बनेको छ ।
दैनिक सयौंको सख्यांमा साईकल, मोटरसाईकल तथा गाडी गुड्ने यस पुलले हजारौंलाई सहज गराए पनि केहि व्यक्ति छन जस्ले आफ्नो अधिकारको लागी अदालतको ढोका सम्म धाईरहनु परेका छन कारण हो पुल निर्माण क्षेत्रमा पर्ने प्रभावित व्यक्तिगत जग्गामा पुल निर्माण हुनु । निर्माण कार्य सुरुवात भएको ८ वर्ष तथा सम्मपन्न भैसकेको समेत १ वर्ष हुदां सम्म विवाद साम्य भएको छैन । स्थानिय सरकार, प्रदेश सरकार तथा सघिंय सरकारको समेत प्रत्यक्ष निगरानी रहेको यस क्षेत्रमा आम जनता किन पिडित बन्नु परेको छ, यो हामी सबैको प्रश्न हो ।
निमार्ण सम्झौता पश्चात्नि निर्माण द्रुत गतिमा हुँदा ९० प्रतिशत कार्य सम्पन्न भैसक्दा पनि विवाद टुङ्गो नलागे पछि भने निमार्णधीन पुलले आफ्नो निमार्णको गति लिन सकेन र पुल अलपत्र अवस्थामा पुग्यो । उत्पादित विवादको विषयलाई लिएर जितपुर सिमरा नगरवासीको खुसीका मुहार कालो बादलले ढाक्न थाले ।
दुई पक्षीय आपसी समझदारी नहुँदा झन्डै चार वर्ष सम्म पनि निमार्ण सम्पन्न नहुँदा जनताले खेप्नु परेको सास्ती शब्दमा बयान गर्न गाह्रो छ। निरन्तर रुपमा जनताद्वारा पुल संचालनका लागि दबाब आएपछि विवादित रुपमा रहेको पुलले निर्माण गति लिई वि.स. २०७९ सालमा संचालनमा आएको थियो । जस्का लागि प्रमुख भुमिका निर्वाह गरेका रामबाबु अहिले आफैँ सास्ती खेपिरहेका छन् । जग्गावाला धनिले यादबलाई विपक्षीमा राखी निर्मित पुल भत्काई पाउ भनि जिल्ला अदालत कलैयामा रिट हाले पछि जिल्ला अदालत कलैयामा परेको रिटको पारम्भिक सुनुवाई भैसकेको छ, तर निष्कर्ष भने निस्किएको छैन । रामबाबु यादब तत्कालीन प्रतिनिधि सभाका सदस्य र जनता समाजवादी पार्टी जसपा मधेसका अध्यक्ष समेत हुन ।
आमजनताको लागि खुसिको बाटो बनेर आएको यस पुलकै बाटो भएर अहिले दैनिक सयौं सवारी कुद्ने गरेको छ । यस पुल निर्माण कार्यमा सघाउ गर्ने सबैलाई जनता आज पनि धन्यबाद दिइरहेका छन । जे होस प्रभावित जग्गा धनीसगको विवाद साम्यको निम्ति सबैले पहल कदमी चलाउन र आमजनतामा सरकार छ भन्ने आभास गराउन सकोस, निर्मित पुल हटाएर आमजनताले फेरि सास्ती खेप्न नपरोस भन्ने आमजनताको चाहाना छ।आज पनि धेरै ठाउँमा पुलको कमिले जनता जोखिमपूर्ण यात्रा गर्न बाध्य छन सरकारको ध्यान त्यहाँ पनि पुगोस ।