अमलेखगञ्ज : बुधबार बिहान ८ बजेको समयमा पूर्वपश्चिम लोकमार्ग अन्तर्गत  बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नं.२१ अमलेखगजंमा सुमो दुर्घटना हुँदा ८ जना घाईते भएका छन् ।

बाराको निजगढबाट काठमाण्डौं जादै गरेको ना १ ज ३८४७ नम्बरको सुमो अचानक ब्रेक फेल हूँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । सुमो दुर्घटनामा परि घाईते हुनेहरुमा निजगढ नगरपालिका–०८ बस्ने २० बर्षको बिकास कुमार चौधरी ,सोही ठाउँका ६४ बर्षका नेथुलाल चौधरी, ६३ बर्षकी सजिया देवी चौधरी छन् ।

यस्तै निजगढ नगरपालिका वडा नं. ९ बस्ने १७ बर्षका आदित्य भण्डरी, ३० बर्षकी सुमित्रा पौडेल न्यौपाने र उहाँको छोरा ८ बर्षका सारान्स न्यौपाने घाईते भएका छन् ।

यसैगरी जितपुरसिमरा उपहानगरपालिका वडा नं.१६ पिलुवा बस्ने ३१ बर्षकी अरति तामाङ र सिन्धुलि दुधौली नगरपालिका वडा नं.०९ बस्ने ७ बर्षको किसान पोख्रेल घाईते भएका हुन् । पोख्रेलको टाउकोमा चोट लागेको छ ।

उनको गम्भीर अवस्थामा बाराको परवानीपुरमा रहेको एल.एस.न्युरो अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । अन्यको शरिरको बिभिन्न भागमा चोट लागेको अवस्थामा कार्की मेडिकल अमलेखगजंमा उपचारपछी घर फर्किएका छन् ।

दुर्घटना भएको सुमो र सोका चालक निजगढ नगरपालिका वडा नं. ९ बस्ने ३७ बर्षका दिल बहादुर मगरलाई प्रहरीले नियन्त्रणमा लिएको बारा प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिनु भयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय