सुशान्त राज,

काठमाडौ । चिनको होन्जोउमा जारी एसियन गेम्स पुरुष क्रीकेट तर्फ नेपाली राष्ट्रिय पुरुष कृकेट टिमले मङलबार उपाधी दाबेदार भारतको सामना गर्दैछ । समूह चरणको पहिलो खेलमा मङ्गोलिया बिरुद्द किर्तिमानी २७३ रनको जित सङै प्रतियोगितामा उत्कृष्ट सुरुवात गरेको नेपाल दोस्रो खेलमा माल्दिभ्सलाई १३८ रनले पराजित गर्दै समूह बिजेता बन्दै क्वाटर्फाइनलमा भारत सङको भेट पक्का गरेको हो ।

त्यसो त एसियन गेम्स क्रीकेट तर्फ नेपाल अन्तिम ८मा परेको यो पहिलो पटक भने हैन । नेपाली पुरुष क्रीकेट टिम सन २०१० देखि एसियन गेम्समा कृकेट खेल समावेस भए यताका ३ वटै संकरणको क्वाटर फाइनल प्रवेस गर्न सफल भएको छ ।

सन २०१०मा चिनमै भएको एसियाड क्रीकेट तर्फ नेपाल क्वाटरफाइनलमा नेपाल अफ्गानिस्तान सङ पराजित हुदा त्यस पछि सन २०१४ दछिन कोरियामा भएको एसियाड तर्फको क्वाटरफाइनल तर्फ पनि शृलन्का सङ पराजित हुदा कास्य पदक जित्न बाट बन्चित बनेको थियो । यो प्टक भने टि२० क्रीकेटमा थुप्रै विश्व रेकर्ड राख्न सफल नेपाली टोलि उच्च मनोबलमा छ । अझ त्यसमाथी भारत जसलाई नेपालले उस्को असली प्रतिद्वन्द्वी मान्दछ उसैका बिरुद्द जित निकाल्दै नेपाली टोलि आफुलाई उपाधी दाबेदारका रुपमा खडा गर्न चाहन्छ कि उ विश्व क्रीकेटको नयाँ महाशक्ति हो भनेर ।

उता पहिलो पटक एसियन गेम्स क्रीकेटमा सहभागिता जनाउन लागेको भारतले भने एसियाली टि२०आई बरियताको शिर्ष चारमा अटाउन सफल हुदा सिधै क्वाटरफाइनलबाट नेपाल सङ खेल्दै प्रतिसपर्धा गर्दैछ ।

हाल आइसिसी टि२० आई बरियताको १६औ स्थानको नेपाल र शिर्ष स्थानको भारतबिच टि२० फर्म्याटमा यो पहिलो भेट रहनेछ । त्यसो त केही साता अघिमात्रै शृलन्कामा सम्पन्न एसिया कप ओडिआई फर्माटमा भने नेपालले पहिलो भारतलाई समूह चरणमा भेटाएको थियो । जुन खेलमा नेपाल भारत सङ १० विकेटले पराजित भएको थियो ।

यो पटक एसियन गेम्समै सहि भारतबिरुद्दको आलो घाउको बदला लिने नेपाललाई ठूलो मौका छ । त्यसो त भारतले भने एसियाडमा आफ्नो सिनियर टोलि भने पठाएको छैन । जसमा गत सिजनको आइपिलमा धमाका मच्चाएका सबै युवा खेलाडीहरुलाई समेट्दै भारतले रितुराज गाइक्वाडको कप्तानीमा आफ्नो जुनिएर टोलि पठाएको हो ।

पहिलो पटक एसियन गेम्स क्रीकेटमा आफ्नो उपस्थिति जनाउन लागेको भारत संवरण पदक ल्याउनेमा ढुक्क छ भने उदाउदो तारा बनिरहेका नेपाली युवा टोलि उसका लागी तगारो बनेर बसेको छ ।

जे जसो भए पनि सधै जसो नेपाल बिरुद्द घरेलु खेल देखाउने गरेको भारतलाई हल्का आक्नु नेपालका लागि ठूलो भुल हुनेछ । मंगलबार नेपालले विशेष गरि ब्यटिङ तर्फ ओपनिङमा ध्यान दिनुपर्ने हुनेछ किन कि टेस्ट राष्ट्र बिरुद्द नेपालका सुरुवाती क्रमका ब्याट्सम्यानहरु चाडै पेभेलियन फर्किने गरेका छन् ।

एसिया कपको जस्तै नेपाल्का दुई ओपनर ब्याटर कुशल भुर्तेल र आसिफ सेखले १२-१५ ओभर सम्म साझेदारी गर्न सके नेपालले भारतबिरुद्द ठूलो लक्ष प्रस्तुत गर्नेछ ।

यदि पहिलो बलिङ गर्न परेको खण्डमा नेपाल झनै चनाखो हुन पर्दछ किन कि भारत सङ सबै ११ जना खेलाडी ठुला सट हिर्काउन माहिर छन जुन हामीले गत सिजनको आईपियलमा देखिसकेका छौँ । जसमा नेपालका तर्फबाट आइपियलको अनुभव बोकेका युवा लेग स्पिनर सन्दिप लामिछाने र देथ ओभर योर्कर स्पेसलिस्ट अभिनाष बोहोरा नायक साबित हुन पर्नेछ ।

गर या मर बिचको खेलमा नेपाल सामु भारतको चुनौती भारि पर्ला वा भारतलाई पन्च्याउदै नेपालले सेमिफाइनल पुगेर पहिलो पदक पक्का गर्नेछ त्यो त मंगलबारको खेललेनै टुङो लगाउनेछ ।

मङलबार उपाधी दाबेदार भारत र टि२०आई कृकेटमा विश्व रेकर्डनै रेकर्ड बनाउन सफल उदाउदो युवा टोलि नेपाल बिचको खेल नेपाली समय अनुसार बिहान ६:४५ बजेबाट चिनको होन्जाउ स्थित जेझाङको पिङ्फेङ कृकेट मैदानमा सुरु हुनेछ । खेलको प्रत्यक्ष प्रसारण भने यहाँहरुले साझाखेल डटकमको आधिकारिक वेव साइट मार्फत सजिलै हेर्न सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय