२२ असोज ,बारा:जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१६को डकाह-पैनीटोलमा आज सोमबारबाट सुरुभएको प्रथम वडा अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिताको पहिलो दिनको खेल आयोजक क्लबले जितेको छ ।

आयोजक मित्र यूवा क्लब र कलैया फुटबल क्लब कलैयाको बिचमा पहिलो प्रतियोगिता भएको थियो । आयोजक क्लबले कलैयालाई ८-० गोलको अन्तरमा पराजित गरेकोे छ । आयोजकका लागि जर्सी नं. १४ का खेलाडी कृपाकान्त चौधरी एक्लैले ६ गोल गरेका थिए । यस्तै जर्सी नं. १०का अन्जन बछार र जर्सी नं. १५ का अभिस्कार चौधरीले आयोजकका लागी समान एकएक गोल गरे ।

खेलको पहिलो हाफको ९ औं मिनटमा अविस्कारको पासमा कृपाले पहिलो गोल गरेर आयोजकका लागि गोलको सूरुवात गरेका थिए । पुनः १६ औं मिनटमा दोस्रो, २० औं मिनटमा तेस्रो गोल गर्दै कृपाले पहिलो ह्याट्रिक गरे ।

दोस्रो हाफको छैठौं, तेरौं र २० औं मिनटमा पुन गोल गर्दै कृपाकान्त चौधरीले डबल ह्याट्रिक गर्दै आयोजकलाई सानदार जित दिलाएका थिए ।
यता कलैया फुटबल क्लबका खेलाडीहरुको खेल आयोजक टिमका विच निकै निरिह देखिएको थियो । एकाद्पटक पाएको अवसरलाई समेत कलैयाका खेलाडीले सदुपयोग गर्न नसक्दा ८-० अन्तरले पराजित भोग्दै प्रतियोगिताबाट बाहिरिन पुगे ।

मंगलबारको खेल मौवादेवी यूवा क्लब बडहर्वा र फ्रन्स यूवा क्लब बकुलियाका बिच दिउँसो २ बजेबाट हुने आयोजकले जानएको छ ।

प्रतियोगिताको पूर्वमन्त्री साहले गरिन् उद्घाटन

यस्तै फुटबल प्रतियोगिताको पूर्वमन्त्री एवं संघिय सांसद ज्वाला कुमारी साहले उद्घाटन गर्नु भएको थियो । प्रमुख अतिथी समेत रहनु भएकी पूर्वमन्त्री साहले खेलकुदको विकास अपरिहार्य रहेको बताउनु भयो । राज्यले खेलकुदको क्षेत्रमा लगानी बढाउनु पर्ने धारण राख्दै उहाँले ग्रामिण क्षेत्रमा हुने प्रतियोगितामा सरकारी सानो सहयोगले पनि ठुलो महत्व राख्ने बताउनु भयो ।

यस्तै जितपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारीले ग्रामिण क्षेत्रमा रहेका खेल मैदानको विकास र शंरक्षमा नगरले सहयोग गर्ने बताउनु भयो । राज्यको कानुन, स्थानिय सरकारको अधिकारको दायरामा रहेर ग्रामिण खेल मैदान निर्माणमा सहयोग गर्ने उहाँले बताउनु भयो ।

फुटबल प्रतियोगिता उद्घाटन कार्यक्रममा बारा क्षेत्र नं. ३(क)बाट निर्वाचित प्रदेशसभा सदस्य देवनारायण प्रसाद चौधरी, जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१६का अध्यक्ष हरिदेव खरेल, १८ का अध्यक्ष चुतरवाबु वाग्ले, वडा नं. १६का पूर्व वडा अध्यक्ष केदारनाथ बजगाँई, डुमरवाना बहुमुखी क्याम्पसका अध्यक्ष अनिल कुमार मैनाली, शसस्त्र प्रहरी बल पिलुवाका शसस्त्र प्रहरी निरिक्षक उत्तर वाईवा, पत्रकार गणेशराज रिजाल लगायतको उपस्थीति थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय