प्रदिप सिंह,
असोज २२ । सप्तरी जिल्लाको सुरुगा नगरपालिका वडा नं ९ टिकुलियामा जग्गाको विवाद हुँदा आफ्नै दाजुभाईमा मनमुटाव भई ठुलो द्धन्दको रुप लिएको छ ।

बिगत तीन वर्षदेखि अल्झिएको समस्या हालसम्म पनि निरुपण हुँन सकेको छैन । दाजुभाईबीच भएको घरायसी अंशवण्डामा कुरा नमिल्दा समस्या झन बढेर गएको छ ।

उक्त समस्या सामाधान गर्नका लागि गाउँका अग्रज तथा भद्रभलाद्मी लागि पर्दा पनि मेलमिलाप हुन नसकेको एकजना अग्रजले जानकारी दिए ।

लामो समय देखिको झैझगडाले पिडित भाई ऐजुब मिया जिल्लाको प्रशासन, प्रहरी हँुदै यतिखेर झगडा जिल्ला अदालत राजविराजमा चल्दै छ । पिडक दाई याकुब मिया भन्ने करिब १५ कठठा जग्गा सोहि जिल्लाका मलहनिया घर भएका विशेश्वर यादवलाई सहमति विनै सम्पुर्ण जग्गा पास गरिदिएको बुझिएको छ ।

यसरी घरायसी झगडा घरमै साम्य नभई फैलिएर जादाँ आँफुलाई चिन्तित तुल्याएको भाई ऐजुब मियाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय