औराह । जितपुर सिमरा उपमहानगरपालिका वार्ड नं.४ अैाराहामा अवस्थित अैाराहा पशुपालन कृषि सहकारी संस्थाले एक कार्यक्रमका बिच दुधउत्पादक कृषकहरुलाई बाेनस वितरण गरेको छ । संस्थाकाे आफ्नै कार्यलयमा संस्थाकाे बार्षिक कार्यक्रम बमोजिम बाेनस वितरण गरीएकाे हाे । कार्यक्रम अन्तर्गत बर्षभरी काराेबार गर्ने लगभग १५२ जना कृषकहरूलाई रु ४,९६,६९५ रुपैयाँ बाडिएकाे संस्थाका उपाध्यक्ष दिपक सिम्खडाले बताउनु भयो ।

संस्थाका वरिष्ठ उपाध्यक्ष श्री रमेश प्रसाद खरेलकाे अध्यक्षता भएको कार्यक्रममा आन्तरिक लेखा सुपरिवेक्षण समिति संयाेजक तथा समाजसेवी कुमारनाथ त्रिपाठीको सहभागीता रहेको थियोे । बर्षभरीमा यश संस्थाबाट २४८३४७ लिटर दुधकाे काराेबार भएको संस्थाका मुख्य ब्यवस्थापक दुर्गा तिमल्सिनाले जानकारी गराउनुभयाे ।

वितरण भएको रकम कुनै सरकारी अनुदानबाट नभई किसान भलाई काेष र संस्थाको आन्तरिक नाफाबाट ब्यवस्थापन गरिएको सचिव विनोद सापकोटा सिमरा खबरसङ्ग बताउनु भयो । कार्यक्रममा कृषकहरूकाे सहजीकरण संस्थाका उपाध्यक्ष श्री विन्दु ज्ञवाली, कार्यालय साहायक सलमा राई, सावित्रा तिवारी र अमृता दाहाले गर्नु भएको थियोे ।

पछिल्लो समय देशमा देखिएको आर्थिक संकटको कारण अहिले कृषि ब्यवसाय र पशुपालन ब्यावसाय पनि प्रभावित भएको हुदा यश क्षेत्रमा उत्पादन भएको दूध बिक्रीवितरण गर्न कठिनाइ भईरहेकाे विनोद सापकोटाले जानकारी गराउनु भयो । पटकपटक सामाजिक संजालबाट र लिखित रुपमै जानकारी गराउदा पनि कृषकको समस्या प्रति कसैले चासो नदेखाएकोले कृषकहरूमा नैरश्यता उत्पादन भएको कृषक केदार सापकोटा बताउनुभयो । दैनिक आठ सय लिटर दुधले अहिले सहि बजार नपाउदा र बजारीकरणको समस्याका कारण किसानहरुमा निकै चिन्तामा देखिने गरेको सचिव विनोद सापकोटाले जानकारी दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय