जीतपुर । विद्यालय स्तरमा शिक्षालाई सुधार गर्दै प्रविधिमैत्री विद्यालय निर्माण गर्ने मुख्य उदेश्य बोकी स्थापित विद्यालय श्री नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालय खैर्वाले आफ्नो वार्षिकोत्सबको अवसर पारेर विविध कार्यक्रमको आयोजना गर्ने भएको छ । स्थापनाको ४३ औ वर्ष पुगेको उपलक्ष्यमा फुटबल, डोरी,रुमाल लुकाई लगायतको विविध कार्यक्रम संचालन हुने विद्यालय व्यवस्थापन समितिले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।

कार्तिक १६ गतेबाट संचालन हुने कार्यक्रमका विजेताहरुलाई विद्यालयको वार्षिकोत्सब कार्यक्रमका बीच २३ गते पुरस्कार वितरण गरिने व्यवस्थापन समितिका अध्यक्ष प्रदिप गौतमले जानकारी दिनु भयो । कार्तिक १६ गते बाट संचालन हुने कार्यक्रमहरु निम्न अनुसार रहेका छन् ।

१ ) २०८०/०७/१६
●मियुजिक चेयर ( ५-८ कक्षा सम्म)
● चम्चा गुच्चा ( १-४ कक्षा सम्म )

२ ) २०८०/०७/१७
● दौड (५‐८ कक्षा सम्म)
●डोरी (१-४ कक्षा सम्म)

३ ) २०८०/०७/१९
●खोखो (५-८ कक्षा सम्म)
●रूमाल लुकाई (१-४ कक्षा सम्म)

४ ) २०८०/०७/२०
● फुटबल (५-८ कक्षा सम्म)
● मुसो बिरालो (१-४ कक्षा सम्म)

५ ) २०८०/०७/२१
● मट्का फुटाई (५-८ कक्षा सम्म)
● मट्का फुटाई (१-४ कक्षा सम्म)

६ ) २०८०/०७/२२
● हाजरी जवाफ (५-८ कक्षा सम्म)
● म्युजिक चेयर (१-४ कक्षा सम्म)

७ )२०८०/०७/२३
● वार्षिक उत्सब कार्यक्रम र पुरस्कार वितरण कार्यक्रम

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय