रुकुम । कर्णाली प्रदेशको जाजरकोट आसपास केन्द्रविन्दु भएर शुक्रबार भुकम्प गएको छ । भुकम्प जाँदा केही मानवीय र भौतिक क्षति भएका विवरणहरु आउन थालेका छन् ।

प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईका अनुसार रुकुमको आठविसकोटमा एकैघरका ६ जना सहित १० जनाको ज्यान गएको छ । क्षतिबारे थप विवरण आउन बाकिँ रहेको उनले बताए । मध्यरातमा आएको भुकम्पले भौतिक तथा मानवीय क्षति धेरै भएको अनुमान गरिएको छ। जाजरकोट केन्द्रबिन्दु बनाएर शुक्रबार राति ११ बजेर ४७ मिनटमा ६.४ म्याग्निच्युडको भुकम्प गएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय