प्रदिप सिंह

सिरहा,१६ कार्तिक:सिरहाको गोलबजारमा रहेको लाइफलांग हेल्थ केयरले एकजना सदायको फ्री उपचार गरेका छन / फ्री उपचार पाएको बर्ष-५ का धिरेन्द्र सदाय हुन् ।

गोलबजार नगरपालिका वडा न-८ मा बस्दै आएका फुलोदेबी सदाय आर्थिक समस्याले सारै लचार रहेकि छिन,फुलोदेबीको चार छोरा-छोरी सहित जम्मा ६ जना परिवार छन ।एउटा जेठो छोरा वर्ष-१७ का धिरज सदाय छन,कान्छो वर्ष-५ को धिरेन्द्र सदाय रहेको छ ,फुलोदेबी चार सन्तानका आमा हुन् , उनका श्रीमान् गाउघरमै लेवरको काम गर्छन ,फुलोदेबी पनि गाउघरमै जनवनमा काम छोराछोरी सहित आफ्नो पेट पाल्दै आएकि छिन ,फुलोदेबी सधै जस्तै हिजो पनि जनवनममा अर्थात अरुकोमा काम गर्न गएकी थिइन् ,छोरा धिरेन्द्र घर आगाडीमै रहेको इँटा भट्ठामा खेल्दै खेल्दै पुगे , इँटा बनाउनका लागि जम्मा गरिएको माटोको डल्लो छोराको सरिर माथि झर्दा छोराको दाहिने खुट्टा भाचियो , आफु संग पैसा थिएँन , गोलबजारमा रहेको लाइफलांग हेल्थ केयरमा छोरा लाइ लिएर पुगे ,काउन्टर बिल काट्नु पर्ने शुल्क तिर्नु भन्दा आफु संग सो शुल्क पनि थिएँन भन्दै दुख ब्यक्त गरे ।पछि लाइफलङ हेल्थ केयरका परिवारले फ्रीमा उपचार गरेका छ्न ।

यता,लाइफलङ हेल्थ केयरका सन्चालक अजय जयसवालले सदायको खुट्टा पलास्टर देखि औषधि समेतको खर्च हेल्थ केयरले नै दिने बताएका छ्न ।यस्ता कार्यहरु लाइफलङ हेल्थ केयरका डा.अजय जयसवालले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय