सिमरा, बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं १० को नव निर्मित वडा कार्यालय भवन बारा क्षेत्र नम्बर ४ बाट निर्वाचित संघीय सांसद एवं पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले प्रदेश सभा सदस्य देवनारायण चौधरी ,पुर्व प्रदेश सभा सदस्य सुन्दर विश्वकर्मा ,नगरप्रमुख राजन पौडेल र उपप्रमुख भोला प्रसाद अधिकारीसहित आज एक समारोहको बीच शिलापत्र अनावरणसहित रिबन काटेर समुद्घाटन गरेका हुन्। सोही क्रममा प्रमुख अतिथी श्रेष्ठले वडा कार्यालय भवन निर्माणसँगै वडा बासीले सहज रुपमा सेवा पाउने विश्वास व्यक्त गर्नुभयो ।
वडा कार्यालय भवन जीतपुरसिमरा उपमहानगरपालिकाको १ करोड रुपियाँको लागतमा निर्माण गरिएको वडाध्यक्ष संजय प्रसाद पटेलले जानकारी दिनुभयो ।
उद्घाटन कार्यक्रममा मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरी, पूर्व मधेश प्रदेश सभा सदस्य सुन्दर बिश्वकर्मा ,नगरप्रमुख राजन पौडेल,उप–प्रमुख भोला प्रसाद अधिकारी, नेकपा एकीकृत समाजवादी पोलिट ब्युरो सदस्य दिनेश राई, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष प्रेम बराल,नेकपा एमाले नगर कमिटी उपसचिव त्रिलोक विक्रम शाह लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुका साथै वडा नम्बर १० का जनताले नयाँ भवनबाट छिटो छरितो र सहज तरिकाले सेवा सुविधा प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभएको थियो ।
वडा नम्बर १० का वडा अध्यक्ष संजय प्रसाद पटेलले वडा कार्यालय भवन निर्माणका लागि साथ सहयोग र समन्वय गर्नुहुने सबैलाई धन्यवाद दिए।
कार्यक्रममा वडा नम्बर २३ का पूर्व अध्यक्ष असलम देवान,नेकपा यसका जिल्ला कमिटी सदस्य सन्तोष कुशवाहा, एमालेका नेता रविन्द्र खकुरेल, रामकुमार महतो लगायतको उपस्थीती रहेको थियो । कार्यक्रमको स्वागत मन्तव्य वडा सदस्य गरिब महतो,सञ्चालन वडा सचिव कृष्णा चौधरी र अध्यक्षता वडाध्यक्ष संजय पटेलले गर्नुभएको थियो।