नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि इराक पुगेको छ । यस पाली टिम नेपालमा धेरै नयाँ युवा खेलाडीहरुले आफ्नो स्थान बनाउन सफल भएका छन । नयाँ हेड कोच अब्दुल्लह अल्मुतैरीले युवा खेलाडीहरु माथि विश्वाश देखाएका छन ।

उनको यो फेरबदलले नेपाली दर्शक माझमा आशाको किरण थप्नुको साथै नयाँ युवा टिम नेपालको खेल हेर्न सबै उत्साहित भएको पाइेको छ । नेपालले शनिबार इराकसँग मैत्रीपूर्ण खेल खेल्नेछ । नेपालले २० वर्षपछि इराकसँग फुटबल खेल्न लागेको हो ।

यसअघि नेपालले इराकसँग तीन खेल खेल्दा तीनै पटक पराजित भएको थियो । दुवै टोली विश्वकप छनोटको तयारीमा रहेकाले यो मैत्रीपूर्ण खेलले सहयोग गर्ने अपेक्षा छ ।

नेपालले ईराक सँग को मैत्रीपूर्ण खेल पछी, फिफा छनौट अन्तर्गत रहेको खेल खेल्ने कुवेत जानेछ जहाँ उसले चाइनिज ताइपेई जेठ सँग २०, जेठ २४ मा जोर्डन सँग र जेठ २८ गते अष्ट्रेलियासँग खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय