गणतन्त्र दिवस २०७८ को अवसरमा आईतवार नेकपा एमाले निकट जनबर्गिय संगठनहरु अनेरास्ववियु, रास्ट्रीय युवा संघ नेपाल र अनेम संघ जितपुरसिमरा उपमहानगर कमिटिको संयुक्त आयोजनामा सिमरामा भएको रक्तदान कार्यक्रममा ५ महिला सहित ५८ जनाले रक्तदान गरी कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा रक्तसंचार केन्द्र बिरगंजको प्राबिधिक सहगोग र नेपाल रेडक्रस सोसाईटी सिमरा उपशाखाको समन्वय रहेको थियो।
विश्व महामरीको रुपमा फैलिरहेको कोरोना भाईरसको कारण रक्त संचार केन्द्रमा रगतको अभाबलाई मध्यनजर गर्दै नेपाल सरकार द्वारा गणतन्त्र दिवस मनाउनको लागि तोकिएको तीन दिन (१४, १५ र १६) मध्ये आज १६ गतेका दिन रक्तदान कार्यक्रमको अयोजना गरिएको अनेरास्ववियु जिल्ला कमिटी सह संयोजक कपिल खरेलले जानकारी दिए ।
कार्यक्रममा नेकपा एमाले नेता भोला प्रसाद अधिकारि, दिनेश्वर ठाकुर, सुकुम्बासी समस्या समाधान आयोग सदस्य एवम अनेमसंघ नेत्री चयन गुरुङ्ग, अनेरास्ववियु केन्द्रिय सचिबालय सदस्य त्रीलोक शाह ठकुरी, नेपाल खेलकुद महासंघ केन्द्रीय सदस्य रत्न प्रसाद उप्रेती, युवा नेत्री भावना आचार्य, अनेरास्ववियु केन्द्रिय सदस्य द्वए मनिष प्याकुरेल, राजकुमार न्यौपाने, युवा संघ नेपाल नगर अध्यक्ष गौरव नेपाल, अनेरास्ववियु जिल्ला कमिटी सदस्यहरु ईश्वर बस्नेत, निर्जल घिमिरे, शुसान्त शाह ठकुरी, सरोज खनाल, अतिश श्रेष्ठ, बिज्ञान चापागाइ लगायतको उपस्थीत रहेको थियो।