सिमरा। सर्वोच्च अदालतले गरेको फैसलाको विरोधमा बाराको सिमरामा एमाले निकट अनेरास्ववियु र युवा संघले बिरोध प्रदर्शन गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको पुत्लासमेत जलाएका छन्।
प्रतिनिधि सभा विघटनलाई बदर गर्दै, प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्ने अदालतले राष्ट्रपतिको नाममा परमादेश जारी गरेपछि आज सिमरामा बिरोध प्रदर्शन गरिएको हो ।
सिमरा चोकमा उनिहरुले नाराबाजी समेत गरेका थिए । र्याली सहितको बिरोध सभालाई रास्ट्रीय युवा संघ नेपालको केन्द्रीय सचिब मोमिन आलम, अनेरास्ववियु केन्द्रीय सचिबालय सदस्य त्रीलोक बिक्रम शाह लगायतले सम्बोधन गरेको थियो भने संचालन नेपाल खेलकुद महासंघ केन्द्रीय सदस्य रत्न उप्रेतिले गर्नुभएको थियो ।
उक्त कार्यक्रममा एमाले नेता भोला अधिकारि, दिनेश्वर ठाकुर,कासिम हुसेन,रमेश खरेल,कमला घिमिरे, युवा संघ नेपालको केन्द्रीय सदस्य हिरा बस्नेत,अनेरास्ववियु केन्द्रीय सदस्य राजकुमार न्यौपाने,अनेरास्ववियु जिल्ला सह संयोजक कपिल खरेल, अनेम संघ जिल्ला सचिब रेणु रिमाल ,रास्ट्रीय युवा संघ नगर अध्यक्ष गौरब नेपाल , युवा नेता राजाकुमार थापा , आरिफ हुसेन, भावना आचार्य ,धन बहादुर श्रेष्ठ ,ईश्वर थपालिया,गणेश कोईराला , गोबिन्द चौधरि,अनेरास्ववियु जिल्ला कमिटी सदस्यहरु शुशान्त शाह ,ईश्वर बस्नेत,निर्जल घिमिरे, बिज्ञान चापागाई ,सरोज खनाल,अतिस श्रे ष्ठ,सन्तोस दाहाल, समिर लुईटेल लगायतको सहभागिता रहेको थियो ।