जीतपुरसिमरा उपमहानगरपालिकामा विभिन्न पार्टि परित्याग गरी १ सय ६५ जना नेकपा एमालेमा पार्टि प्रवेस गरेका छन् । जसपा पार्टि परित्याग गरी लामो समयदेखि स्वतन्त्र रुपमा समाजसेवामा लाग्नु भएका युवा नेता राजुराज गिरीले आफु सहित जीतपुर ७ नम्बर वडा बाट एमालेलाई रोज्ने सबैको तर्फबाट नेकपा एमालेलाई यस स्थानिय तहमा अझै सशक्त बनाउन आफनो पहल हुने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा आयोजित पार्टि प्रवेस कार्यक्रममा प्रतिनिधि सभा सदस्य पूर्व मन्त्री ,राष्ट्रिय युवा संघ नेपालका इन्चार्च एवम नेकपा एमालेका केंद्रीय सदस्य महेश बस्नेतले नेपाली कांग्रेस र जसपा पार्टि त्यागेर आउनेलाई अबिर र मधेशको पहिचान गम्छा लगाएर नेकपा एमालेमा पार्टि प्रवेस गराउनुभएको हो ।
पार्टि प्रवेस कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व मन्त्रि बस्नेतले वर्तमान सरकार कुपोषण लागेको सरकार भएको बताउदै यस सरकारबाट जनताले कुनै आशा गर्न नहुने बताउनुभएको छ । माधव नेपाल, प्रचण्ड र शेरबहादुर देउवाको साठगाठलाई माप्रसे सरकारको संज्ञा दिदै बर्तमानको सरकारले जनताको मनोभावनाको प्रतिनिधीत्व गर्न नसक्ने उहाँको भनाई छ ।
उहाँले यस जीतपुर जस्तै देशैभरी नेकपा एमाले नै सहि हो भन्दै पार्टि प्रवेस गर्ने लहर चलेकोले पर्मादेशबाट हटाइएको नेकपा एमालेको सरकार जनादेशबाट पुन : नेतृत्वमा आउने उद्घोष गर्नुभयो ।
नेकपा एमाले जीतपुरका पुराना एवम अग्रज नेता मोजाहिर अंसारीको सभा अध्यक्षतामा आयोजीत कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य अच्युत मैनाली, केन्द्रीय सदस्य एवम् प्रदेश नम्बर २ का अध्यक्ष ज्वाला साह, नेकपा एमालेका केन्द्रिय सदस्य एवम बारा अध्यक्ष बलबिर चौधरी, प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य त्रिलोकी चौधरी, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख सरस्वतिदेवी चौधरी,जिल्ला कमिटी सदस्य विश्वनाथ लामिछाने , लक्ष्मी नेपाली, निजगढ नगर कमिटी अध्यक्ष दिलबहादुर लामा, राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सचिब मोमिन आलम ,अनेरास्वबियु केन्द्रिय सचिबालय सदस्य त्रीलोक बिक्रम शाह ,राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सदस्यहरु हिरा बस्नेत, विश्वाश शाह ,अशोक तिवारी,नेपाल राष्ट्रिय बाणिज्य महासंघ केन्द्रीय सदस्य शिव पौडेल , युवा संघ जिल्ला अध्यक्ष पुरुशोत्तम शाह, अनेरास्वबियु जिल्ला अध्यक्ष भैयाराम सहनि, सान्स्कृतिक मन्च जिल्ला अध्यक्ष चयन मगर गुरुङ ,युवासंघ जितपुरसिमरा नगर अध्यक्ष गौरब नेपाल लगायतको सयौँ नेता कार्यकताको उपस्थिती रहेको थियो । उक्त कार्यक्रम नेपाल खेलकुद महासंघ केन्द्रीय सदस्य रत्न उप्रेतिले सन्चालन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय