अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन डुमरवाना ईकाई कमिटी द्वारा बाल दिवसको अवसरमा आयोजित नौ बिद्यालय सम्मेलित अन्तरमाबी हाजिरी जवाफ प्रतियोगितामा प्रथम स्थान हासिल गर्न राष्ट्रिय बिभुती सामुदायीक शिक्षा सदन डुमरवाना सफल हुनुभएको छ । साथै द्वित्तिय स्थानमा जन जाग्रिती माध्यामिक बिधालय सखुवाघाट र त्रितिय स्थानमा एक्स सर्भिसमेन चिल्ड्रेन एकाडेमी सुन्दरबस्ती हुनुभएको छ । प्रत्येक बिधालयबाट तीन तीन जना प्रतियोगी सम्मिलित रहेको थियो ।

अनेरास्वबियु डुमरवाना एकाई कमिटी अध्यक्ष गोबिन्द दंगालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी अनेरास्वबियु केन्द्रीय सचिबालय सदस्य एवम नेपाल बाल संगठन बाराको सभापति त्रीलोक शाह ठकुरी,बिशिस्ट अतिथी डुमरवाना बहुमुखी क्याम्पस प्रमुख राधेश्याम शिवाकोटी लगायत अतिथीहरु नेकपा एमाले जिल्ला कमिटी सदस्य लक्ष्मी नेपाली , अनेमसंघ केन्द्रीय सदस्य एवम जन सान्स्कृतिक मन्च बाराको अध्यक्ष चयन मगर गुरुङ्ग, नेकपा एमाले नेताहरु हरिदेब खरेल, राजाकुमार अर्याल , राष्ट्रिय युवा संघ नेत्री भावना आचार्य ,अनेरास्वबियु जिल्ला कमिटी सदस्य निर्जल घिमिरे साथै शिक्षकहरु बरुण गौतम , सागर ठाडा मगर लगायतको उपस्थीती रहेको थियो ।

कार्यक्रमको प्रमुख अतिथी ,बिशिस्ट अतिथी लगायत उपस्थीत अतिथिहरुले प्रथमा हुने बिधालयलाई नगद रु पाच हजार,द्वित्तिय हुनेलाई रु तीन हजार र त्रितिय हुनेलाई रु दुई हजार साथै मेडल ट्रफी र प्रमाण पत्र बितरण गर्नु भएको छ । कार्यक्रमको संचालन अनेरास्वबियु नेता अरुण तामांगले गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय