ग्रामिण भेगमा इन्टरनेटको पहुँच सवै स्थानमा नहुँदा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले नवलपुर सिम्लेका एक विद्यार्थी अनलाईन कक्षा लिन बिद्याथीले रुखमा डेरा बनाएर बसेका छन् । सरस्वती माबि अर्खौलेमा कक्षा १० कक्षमा अध्ययनरत धनकुमार मगर रुखमा डेरा बनाएर महिना दिनदेखि अनलाईन कक्षामा सहभागीता भइरहेका छन् ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका –१० को सरस्वती माबिको कक्षा १० मा अध्ययरत धनकुमार मगरले रुखमा डेरा बनाएर महिना दिनदेखि अनलाईन कक्षामा सहभागीता भइरहेका छन् । अर्खौले नवरपुर सम्ले घर भएका मगरले गाँउमा नेपाल टेलिकमको डाटा कनेक्सन नहुने भएपछि सबै भन्दा ठूलो डाँडामा रुखको टुप्पोमा डेरा बनाएर अनलाईन कक्षामा सहभागी भएका हुन् ।
पढाईप्रति मगरले देखाएको लगाव र इच्छाशक्तीको जिल्लाभरी उच्च प्रशंसा भइरहेको छ । कक्षामा दोश्रो स्थानमा रहेका धनकुमारले पढ्नका लागि नेपाल टेलिकमको डाटा कनेक्ट हुने ठाउँ खोजेर रुखमै डेरा बनाएकोमा आफुले गर्व महसुस गराएको सरस्वती माबि अर्खौलेका निमित्त प्रध्यानाध्यपक नविन चाम्लिङले बताए ।
सरस्वती माबिमा कक्षा ६ देखि कक्षा १० सम्मको पठन–पाठन अनलाईन माध्यमबाट सञ्चालन भइरहेको छ । आगामी असोज ३ गतेदेखि भने भौतिक उपस्थितिमै पठन–पाठन सुचारु गर्न हलेसी तुवाचुङ नगरपालिका सुचना जारी गरिसकेको छ ।