काठमाडौं। आज १५ औँ राष्ट्रिय सूचना दिवस। सूचनाको हकसम्बन्धी कानून २०६४ साल भदौ ३ गतेदेखि कार्यान्न्वयनमा आएको हुँदा यसै दिनलाई राष्ट्रिय सूचना दिवसको रुपमा मनाउन थालिएको हो।
विश्वव्यापी रुपमा फैलिएको कोरोनाको महामारीका कारण यस वर्ष पनि औपचारिक समारोह आयोजना नगरिएको राष्ट्रिय सूचना आयोगले जनाएको छ। नागरिकको सूचना पाउने अधिकारलाई लोकतान्त्रिक शासन व्यवस्थालाई सुदृढ बनाउने उद्देश्यका साथ संविधानको धारा २७ मा प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हक सुनिश्चित गरिएको छ।
यस मौलिक हकको कार्यान्वयनको सूचनाको हक सम्बन्धी ऐन २०६४ ले प्रत्येक नेपाली नागरिकलाई सार्वजनिक निकायमा रहेको सूचनामा पहुँच हुने कानूनी प्रत्याभूति छ।
दिवसको अवसरमा सुभकामना दिँदै प्रधानमन्त्री शेरबहादुर देउवाले सूचनाको हकको सफल कार्यान्वयनबाट मूलुकमा सुशासन कायम गरी नागरिकलाई सुसूचित र सक्षम बनाउने विश्वाश व्यक्त गरेका छन्।
ADVERTISEMENT