अफगानिस्तानमा रहेका नेपालीमध्ये हालसम्म तीन सय जनाले आफूहरू स्वदेश फर्कन चाहेको भन्दै विवरण टिपाएका छन् । कन्सुलर सेवा विभागको वेब पोर्टलमा बिहीबार साँझसम्म उक्त सङ्ख्याका नेपालीले आफ्नो विवरण टिपाएका हुन् ।

यसैगरी परराष्ट्र मन्त्रालयको शिष्टाचार महाशाखाअन्तर्गत नायब शिष्टाचार महापालको नेतृत्वमा रहेको ‘सिच्युसन रुम’ मा तोकिएका मोबाइल नम्बर तथा इमेल ठेगानामा ४२ जना नेपालीले आफ्नो विवरण दर्ता गराएका छन ।

मन्त्रालयका अनुसार बिहीबार जजिरा एयरको कुवेत काठमाडौँ उडानबाट थप आठ जनासमेत गरी २ सय ९६ जना नेपाली अफगानिस्तानबाट उद्धार भई काठमाडौँ आइपुगेका छन् । नेपाल आइपुगेका नागरिकको अध्यागमनलगायतका आवश्यक प्रक्रिया पूरा गरी सिसिएमसीको समन्वयमा उनीहरूलाई सामाखुसीस्थित सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा राखिएको छ ।
काबुलमा रहेका संयुक्त राष्ट्रसंघीय मिसन र युनिसेफमा कार्यरत चार सय ७० जना बाहेक ग्रिन जोनमा कार्यरत करिब हजार नेपाली नागरिकले काबुल छाडिसकेको मन्त्रालयको भनाइ छ । काबुल छाडेकामध्ये केही नेपाल आइसकेका छन भने केही बाटोमा छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय